रोकिएन तेस्रोलिंगीको नाममा ‘भारतीय हिजडा’को माग्ने अभियान

रोकिएन तेस्रोलिंगीको नाममा ‘भारतीय हिजडा’को माग्ने अभियान

1.3k
SHARES

काठमाडौँ : तेस्रोलिंगी व्यक्तिको नाममा माग्ने अभियान चलेको गुनासो बढेको छ। तेस्रोलिंगीहरूलाई मात्र नभई सबै मगन्तेहरूलाई निषेध गरिनुपर्ने माग सामाजिक सञ्जालमा व्यक्त भएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तेस्रोलिंगीको भेषमा माग्नेहरूको भिडियो सेयर गरेर नियन्त्रण गर्न भनेका छन्। ‘माग्ने अभियान खुलेआम चलेको छ। यसलाई नियन्त्रण गर्नै पर्छ,’उनीहरूको माग छ।

तेस्रोलिंगीको भेसमा उनीहरूले जबरजस्ती ताली पड्काउँदै, डर देखाउँदै पैसा माग्ने गरेका छन्। सानो रकम अस्वीकार गर्ने र अपशब्द बोल्ने गरेका छन्। सामाजिक सञ्जालमा लेखिएको छ,’यो गलत प्रवृत्ति हो सबैलाई सम्मान मिल्नुपर्छ, तर डर, धम्की र जबरजस्तीको आधारमा होइन।’

उनीहरूले यस्तो गैरकानुनी कार्य रोक्न सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्ने माग पनि गरेका छन्। उनीहरूले लेखेका छन्,’आम नागरिकलाई डर देखाएर पैसा असुल्ने प्रवृत्ति सह्य छैन, त्यसैले उचित कानुनी कदम चालिनुपर्छ।’

पैसा नदिए तथानाम गाली गर्नेहरूलाई स्थानीयले लखेट्न थालेका छन्। स्थानीयले माग्न छोडेर श्रम गर्न सुझाव पनि दिएका छन्।


यो भिडियोमा माग्न छोडेर काम गर्न आउन आग्रह गर्दा सहमत भएको देखिएको छ। राज्यले रोजगारीका अवसर नदिँदा र तेस्रोलिंगी भएकै कारण काम नपाउने अवस्थाका कारण सडकमा निस्कनु परेको पीडा उनीहरूले व्यक्त गरेका छन्।

काठमाडौँसहितका सहर बजारमा भारतबाट आएका हिजडाहरूले नेपालका तेस्रोलिंगीको बदनाम हुने गरी माग्ने गरेको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले बताएका छन्।

उनीहरूलाई नेपालका केही व्यक्तिले परिचालन गरेको आरोप समेत लागेको छ। राज्यका निकायले अनुसन्धान गरी परिचालन गर्ने व्यक्तिलाई पक्राउ गरेर कारबाही नगर्दा काठमाडौँमा मात्र सीमित माग्ने धन्दा देशका विभिन्न ठाउँमा देखिन थालेको छ।

भारतीय हिजडाहरूलाई परिचालन गर्ने नाइकेको पहिचान समेत भएको तेस्रोलिंगी अधिकारकर्मी सम्झना केसीले बताएकी छन्। उनले नाम गोप्य राखेर केही अघि पहिचान अनलाइनमा अन्तर्वार्ता दिएकी थिइन।

सुन्नुहोस् यो भिडियो :

समाचार शेयर गर्नुहोस्
1.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.