ग्लोबल आइएमई बैङ्क र लुम्बिनी मेडिकल कलेजबिच सम्झौता, ग्लोबलका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

ग्लोबल आइएमई बैङ्क र लुम्बिनी मेडिकल कलेजबिच सम्झौता, ग्लोबलका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

386
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबिच ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीमा बैङ्कका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरे।

सहमति अनुसार अस्पतालले बैङ्कका डेबिट÷क्रेडिट कार्ड एवम् बैङ्कको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ।

अस्पतालले बैङ्कका ग्राहकहरूलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेसन लगायतका सेवाहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।

यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए।

पोखरेलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे।

यसैगरी, ग्लोबल आइएमई बैङ्कका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैङ्कका ग्राहकहरूलाई लाभान्वित गर्ने र बैङ्कको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरे।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक छुट योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैङ्क हो। बैङ्कले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको जनाएको छ।

त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
386
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.