कानुनी रूपमा बिपनी र सुनिताले पाए वैवाहिक प्रमाणपत्र

कानुनी रूपमा बिपनी र सुनिताले पाए वैवाहिक प्रमाणपत्र

4.1k
SHARES

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ११ ले समलिङ्गी जोडीको विवाह कानुनी रूपमा दर्ता गरेको छ। तुलसीपुर ११ का बिपनी चौधरी र बढैयाताल गाउँपालिका वडा नं ९ बर्दियाकी सुनिता चौधरीको वडा कार्यालयले कानुनी रूपमा विवाह दर्ता गरेर प्रमाणपत्र दिएको जनाएको छ।

१२ असार २०८० मा सर्वोच्चले दिएको अन्तरिम आदेश र १२ वैशाख २०८१ मा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार बिपनी र सुनिताको जोडीले कानुनी रूपमा विवाह दर्ता गरेर प्रमाणपत्र पाए।

विवाह दर्तामा मायाको पहिचान नेपालले सहजीकरण गरिदिएको सचिव एवं पहिलो समलिङ्गी विवाह दर्ता गर्ने जोडी सुरेन्द्र पाण्डेले बताए। मायाको पहिचान नेपालले बिपनी र सुनिताको वैवाहिक जोडीलाई बधाई एवं सफल दाम्पत्य जीवनको शुभकामना दिएको छ।

बिपनी र सुनिताले तीन वर्ष अगाडि काठमाडौँको भद्रकालीमा विवाह गरेका थिए। उनीहरूले विवाह गरे पनि कानुनी रूपमा दर्ता भएको थिएन। आफूहरूको जोडीलाई परिवारले सहज रूपमा स्वीकारेको उनीहरूले छोटो प्रतिक्रिया दिए।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को कार्यालयले यसअघि समलिङ्गी जोडीको विवाह दर्ता गरिसकेको जनाएको छ।

हालसम्म समलिङ्गी विवाह दर्ता गर्ने जोडी १७ पुगेको छ। सर्वोच्च अदालतले अस्थायी अभिलेख रहने गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको विवाह कानुनी रूपमा दर्ता गर्न दिएको अन्तरिम आदेशको अन्तिम सुनुवाइ सकेर निर्णय सुनाउने तयारी गरेको छ।

२८ वैशाख २०८२ मा निर्णय सुनाउने मिति तोकेको सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ पनि त्यसैले दिन सार्वजनिक गर्ने तयारी गरेको छ।

‘चाहेका बेला जेण्डर चेन्ज गर्छु भन्ने सर्वोच्चको व्याख्या हो, कानुन होइन’

समाचार शेयर गर्नुहोस्
4.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.