ग्लोबल आइएमई बैङ्कको ग्लोबल मनि विक, सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम

ग्लोबल आइएमई बैङ्कको ग्लोबल मनि विक, सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम

374
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरू लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सप्ताहव्यापी रूपमा सञ्चालन गरेको जनाएको छ। बैङ्कले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सातवटै प्रदेशहरूमा सञ्चालन गरेको जनाएको हो।

बैङ्कले ग्लोबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरूको सहभागिता रहेको थियो।

यसका साथै, नेपाल राष्ट्र बैङ्क तथा अन्य संस्थाहरूले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैङ्कका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि ब्यानर सहित सहभागी भएका थिए।

ग्लोबल आइएमई बैङ्कले आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवर्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
374
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.