निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

उपभोक्ता अदालतमा ३५ हजारदेखि ५ करोडसम्म क्षतिपूर्ति दाबी गर्दै चार मुद्दा दर्ता

उपभोक्ता अदालतमा ३५ हजारदेखि ५ करोडसम्म क्षतिपूर्ति दाबी गर्दै चार मुद्दा दर्ता

467
SHARES

काठमाडौँ : उपभोक्ता अदालतमा ४ वटा मुद्दा दर्ता भएका छन्। गठन भएको १ महिनामा ४ वटा मुद्दा दर्ता भएको अदालत प्रशासनले जनाएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका उपभोक्ताका उजुरी सुनुवाइ गर्ने गरी गठन भएको हो अदालत। सबै मुद्दा सेवाको गुणस्तर सम्बन्धी छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ बमोजिम उपभोक्ता अदालत गठन गरिएको हो।

अदालतले चैत ३ गतेबाट काम सुरु गरेको हो। अदालतका स्रेस्तेदार शोभाकर खरेलका अनुसार काम सुरु भएकै दिन चैत ३ गते ३ वटा मुद्दा दर्ता भएका थिए। चैत ११ गते थप एउटा मुद्दा दर्ता भएको हो।

उपभोक्ताले ३५ हजारदेखि ५ करोड रुपैयाँसम्म क्षतिपूर्ति माग दाबी गरेका छन्। ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, ग्रान्डी सिटी हस्पिटल, सिजी होल्डीङ र स्वस्तिक सिल्भर प्यालेस प्रा.ली.लाई विपक्षी बनाएर मुद्दा दर्ता भएको स्रेस्तेदार खरेलले जानकारी दिए।

ओम हस्पिटलबाट ५ करोड, सिटी हस्पिटलबाट ३ करोड १७ लाख, सिजी होल्डीङबाट ७७ लाख ७२ हजार र स्वस्तिक सिल्भर प्यालेस प्रा.ली.बाट ३५ हजार ७०० रुपैयाँ क्षतिपूर्ति माग दाबी गरिएको छ।

चार कम्पनीमध्ये ओम हस्पिटल र स्वस्तिक सिल्भर प्यालेस प्रा.ली.लाई उपभोक्तासँग मिलापत्रका लागि समय प्रदान गरिएको छ। बजारमा किनमेल गर्दा ठगिए उपभोक्ताले क्षतिपूर्ति माग्न पाउने अधिकार छ। किनमेल गर्दा ठगिए उपभोक्ता अदालतमा उजुरी दिन उनले आम उपभोक्तालाई आग्रह गरे।

बिक्रेताबाट क्षतिपूर्ति भराउने उपभोक्ता संरक्षण ऐनमा व्यवस्था छ। हानि–नोक्सानी पुगेको मितिले ६ महिनाभित्र उजुरी दिनुपर्नेछ। बिक्रेताले उपभोक्तालाई झुक्क्याएर न्यून गुणस्तरको वस्तु बिक्री गरेमा, मूल्यमा मनोमानी गरेमा र कुनै वस्तुको उपभोगका कारण स्वास्थ्यमा प्रतिकूल असर परेको पाइएमा ५ वर्ष कैद र ६ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

उपभोक्ता अदालतमा उपभोग्य वस्तुमा हुने सबै प्रकारका ठगीजन्य कसुर तथा उपभोग्य वस्तुको प्रयोग गर्दा हुने हानिविरुद्ध मुद्दा दर्ता गर्न पाइनेछ। अदालतले कालोबजारी र महँगीसम्बन्धी मुद्दाको पनि निरूपण गर्ने छ।

समाचार शेयर गर्नुहोस्
467
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.