इन्टरनेटको चङ्गुलमा युवायुवती

इन्टरनेटको चङ्गुलमा युवायुवती

1.5k
SHARES

आजको विश्व बजारमा तीव्र गतिमा दौडिरहेको इन्टरनेट, सामाजिक सञ्जाल जस्ता सुविधाले मानिसलाई नजिक गर्नु या फाइदा दिनुको साथ साथै विभिन्न हानि, नोक्सानी पनि दिइरहेको छ। यसको पछिल्लो उदाहरण’गंगू क्षत्री’ हुँदै ‘परी तामाङ, जापान काण्ड’ लाई लिन सकिन्छ।

नेपालमा पोर्न भिडियो बन्नू या बाहिरी रूपमा लिक हुनु यो मात्र घटना पक्कै पनि नौलो होइन। अमेरिकी किम कार्दशाइ, पप गायिका माइली साइरस होस् या पाकिस्तानी अभिनेत्री मिराको किन नहोस् या बलिउड की राखी सावंत, करीना र साहिद, सन्नी लियोनी जस्ता कलाकारको समेत भिडियो बनेर बाहिरी बजारमा छ्यापछ्याप्ती पाइनु कुनै ठुलो कुरा भएन। २०४२ सालदेखि नेपालमा ब्लु फिल्म बनेको इतिहास छ, जुन आजसम्म नेपाली कलाकार, मोडल, सेलिब्रेटी होस् या सामान्य महिलाहरूको समेत बनेको पाइन्छ।

श्रीषा कार्कीको नग्न फोटो बाहिरिनु (जनआस्था साप्ताहिक) र आत्महत्याको सिकारमा पर्नु, नम्रता श्रेष्ठको डी जे तान्त्रिक सँग (ब्वॉयफ्रेंड) को पोर्न भिडियो होस् या पूजा लामा, जेनिशा मोक्तानहरूको पनि भिडियो लिक हुनुले अझै पनि हाम्रो समाज कतातिर धकेली रहेको छ भन्ने प्रस्ट हुन्छ।

इन्टरनेटले परम्परागत सामाजिक संरचना भत्काउन सङ्गठित हुँदै गइरहेका सांस्कृतिक समूहलाई बलियो बनाउँदै लगिरहेको छ। करिब करिब हरेकको हातमा स्मार्टफोन, घर घरमा इन्टरनेटको पहुँच र विकसित देशसँग प्रत्यक्ष र भर्चुअल संवाद गरिरहेको नेपाली समाज पनि यो अभियानमा प्रत्यक्ष परोक्ष संलग्न हुन थालेको छ। जसको नतिजा हामीले एक अर्काका कामउत्तेजक भिडियो, फोटो, एम एम एस आदान प्रदान गरेर मनोरञ्जन लिनुका साथै त्यसैको गलत सिकार बन्न थालेका छौ।

समाज बदल्नु आफैमा गाह्रो विषय हो, विभिन्न खालका मानिसहरूको झुन्डमा यस्ता खालका प्रवृत्ति हुनु जायज वा नाजायज के हो भनेर भन्नुभन्दा हामी कस्तो खालको संस्कृति, समाजसँग हुर्कँदै आएका छौ भन्ने ठुलो कुरा रहेछ। एक छिनको आनन्द, यौन कुण्ठाले मानिसलाई म सही या गलत दिशा तर्फ छु भन्ने पनि बिर्सने रहेछ, जसको उदाहरण हामीले देखिसकेका छौ। कुनै बाध्यता त कुनै मनोरञ्जन मानेर पनि यस्ता खालका घटनाको सिकार बनिरहेका छौ। नेपालमा अहिले यौन व्यवसायी होस् या सामान्य मानिस पैसाको प्रलोभनमा फसेर पनि पोर्न भिडियो बनाउनु, प्रसारण गर्नु सामान्य भएको छ।

कोही यस्ता जमात पनि छ जसले आर्थिक उपार्जन लागी यौन व्यवसाय अपनाउने त कतिले ब्ल्याकमेलिङ गरेर उल्टै केटालाई फसाउने खालको धन्दा चलाएर पनि आफ्नो प्रभुत्व जमाएको देख्न पाइन्छ। पहिले राम्रो रिलेसन बनाउने, आपसी समझदारीमा यौन क्रियाकलाप पनि गर्ने अनि आफैले भने जस्तो नहुने वा चित्त नबुझे फसाउने खालको प्रवृत्ति छ। धनी केटा पाए मुर्गा बनाउने सोच कति को हुन्छ त, कति आफै केटाको ब्ल्याकमेलिङ भएर प्रहरी थाना धाउनु र अपराधीलाई पक्रनका लागी हारगुहार मागेको पनि देख्न सकिन्छ।

अन्त्यमा कसले फसायो, किन फसायो वा किन फसियो भनेर आत्मालोचना गर्नुभन्दा आफैमा जनचेतनाको कमी, सामाजिक सञ्जालको गलत दुरुपयोग, कु संस्कारको विकास, अज्ञानता, अशिक्षा जस्तो हाम्रो मानवीय सोचका कारण यो खालको दुर्घटनाको चेपुवामा परेको हो। घटना हुनुभन्दा नहुने कसरी भनेर सोच्ने बानीको विकास गर्न सके अबका दिनहरूमा पक्कै पनि नयाँ समाज रूपान्तरण भएको छिट्टै पाउने छौ।

समाचार शेयर गर्नुहोस्
1.5k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.