निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

वायु सेवा निगमको वर्तमान नेतृत्वले तिर्‍यो ७ अर्ब ३९ करोड

वायु सेवा निगमको वर्तमान नेतृत्वले तिर्‍यो ७ अर्ब ३९ करोड

464
SHARES

काठमाडौं : नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई चैत महिनाको किस्ता भुक्तानी गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्व मध्ये ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको निगमले जनाएको छ।

दुई न्यारोबडि जहाजको २०८१ चैत महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी यो रकम भुक्तानी गरिएको निगमका प्रवक्ता सुबास डाँगीले जानकारी दिए।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् २०८१ चैतसम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको प्रवक्ता डाँगीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेको विज्ञप्तिमा लेखिएको छ। सो असर रहेको अवधिको ब्याज, ब्याजको व्याज हर्जना र पेनल छुट गरी सहयोग गरिदिन निगमले कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषलाई पत्र पठाएको स्मरण गराएको छ।

किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन निगमले पठाएको अनुरोध पत्रमा छलफल समेत भइरहेको निगमका प्रवक्ता डाँगीले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
464
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.