निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी : साक्षी बकपत्र गराउने र बालकृष्ण पन्थी नेतृत्वको सक्कल प्रतिवेदन झिकाउने आदेश

नक्कली भुटानी शरणार्थी : साक्षी बकपत्र गराउने र बालकृष्ण पन्थी नेतृत्वको सक्कल प्रतिवेदन झिकाउने आदेश

625
SHARES

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा सहसचिव बालकृष्ण पन्थी नेतृत्वको सक्कल प्रतिवेदन झिकाउने आदेश दिएको छ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले ठगी लिखत किर्ते र राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दाको सुनुवाइ गर्दै सक्कल प्रतिवेदन झिकाउने आदेश दिएको हो।

नक्कली भुटानी शरणार्थी मुद्दाका प्रतिवादी मध्ये धिरेन राई र दिपा हुमागाईँको म्याद सूचना एकाघरको परिवारले बुझे पनि प्रतिवादी राई र हुमागाईँ हाजिर नभएको आदेशमा उल्लेख छ।

अदालतले वादी नेपाल सरकारका साक्षी जाहेरवाला लगायतका घटना विवरण गर्ने मानिसहरू, प्रतिवेदक, निवेदकहरू सुनिता गौतम, प्रितम शर्मा र यम बहादुर परियारलाई तोकिएको मितिमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँ मार्फत बकपत्रको लागि उपस्थित गराई तथा उपस्थित भएका प्रतिवादीहरूको साक्षी निजै मार्फत उपस्थित गराई बकपत्रको कार्य सम्पन्न गर्न आदेश दिएको छ।

मिति २०७९/०२/३० गतेको मन्त्रिस्तरिय निर्णय अनुसार सह-सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा ३ सदस्य कार्यदल गठन गरिएको समितिले मिति २०७६/०७/०१ गतेको प्रतिवेदनको सक्कल गृह मन्त्रालयबाट झिकाउन आदेश दिएको अदालत प्रशासनले जनाएको छ।

अभियोग पत्रको पृष्ठ १३३ को प्रकरण नं. ३३ (घ) मा उल्लेख गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको च.नं. ३२१/६२९८ मिति २०८०/०१/२६ को पत्र मार्फत २०७८/०८/१७ मा समावेश प्रतिवेदनको छाया प्रतिको सक्कल प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउन पनि अदालतले आदेश दिएको छ।

समाचार शेयर गर्नुहोस्
625
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.