विश्वज्योती सिनेमा हलमा शनिवार ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ विशेष स्क्रीनिङ हुँदै

विश्वज्योती सिनेमा हलमा शनिवार ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ विशेष स्क्रीनिङ हुँदै

522
SHARES

काठमाडौं : लैङ्गिक विविधता र मातृसत्तात्मक परम्पराको विषयमा केन्द्रित वृत्तचित्र ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ को विशेष स्क्रीनिङ शनिवार, वैशाख १३ गते काठमाडौँको विश्वज्योति सिनेमा हलमा हुदैछ। यो वृत्तचित्र बिश्वज्योती सिनेमा हलमा दोस्रो पटक विशेष स्क्रीनिङ हुन लागेको हो।

संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको निर्माण तथा निर्देशनमा तयार गरिएको वृत्तचित्रले नेपालको सांस्कृतिक र लैङ्गिक विविधतालाई गहिरो रूपमा उजागर गरेको छ। विशेष स्क्रीनिङ दिउँसो १२ बजेबाट सुरुआत हुनेछ भने दर्शकका लागि प्रवेश निःशुल्क रहेको वृत्तचित्र निर्माता पन्तले जानकारी दिए।

स्क्रीनिङपश्चात ‘ूमातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टि’ विषयमा समीक्षा तथा छलफल कार्यक्रमसमेत आयोजना गरिनेछ। निर्माता पन्तका अनुसार यो वृत्तचित्र समाजमा विद्यमान विविध लैङ्गिक पहिचानहरूप्रति जनचेतना फैलाउने महत्त्वपूर्ण अवसर हुनेछ।

यस विशेष कार्यक्रममार्फत सहभागीहरूले मातृसत्तात्मक परम्परा र लैङ्गिक पहिचानका विविध पक्षहरूबारे गहन अन्तर्दृष्टि प्राप्त गर्न सक्नेछन्।

समाचार शेयर गर्नुहोस्
522
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.