निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गल्ती लुकाउन पत्रकारको हत्या, चार जना अझै बेपत्ता

गल्ती लुकाउन पत्रकारको हत्या, चार जना अझै बेपत्ता

326
SHARES

काठमाडौं : पत्रकारलाई जिउँदै जलाएर मारेको एक महिना मात्र पुगेको छ। व्यवस्था बिरोधी आन्दोलनको समाचार ब्रेक गर्ने उत्कट चाहनाले पत्रकार सुरेश रजकलाई गत १५ चैत २०८१ मा जिउँदै जलेर मर्नुपर्यो। बचाइदिने कोही भएनन्। सबैले रमिता हेरे।

काठमाडौं तिनकुनेको विध्वंश मच्चाउने आन्दोलनमा रजकले अनाहकमा मारिनु पर्यो। रजकको हत्याले पत्रकारमा त्रास सिर्जना गरायो। पत्रकारलाई जलाएर मारे। पत्रकारको हत्याले सत्यता स्वीकार नगर्ने अपराधिक मानिसकताका व्यक्तिलाई गल्ती लुकाउने हतियार बनेको छ।

पत्रकारलाई धम्की दिने, अवरोध गर्ने र गल्ती लुकाउने प्रवृत्ति कायम छ। गल्ती सच्याउने भन्दा गरिरहने अराजक समुहको निशानामा परेका हुन सुरेश रजक।

सबैलाई सूचित गराइरहेका रजकले प्राण त्यागेको १ महिनामा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर अध्ययन गर्न गठित नेपाल पत्रकार महासंघको छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ।

नेपाल पत्रकार महासंघमा एक वर्षभित्र प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना अभिलेख भए। २ जना पत्रकारको हत्या भयो। २ जना पत्रकार गिरफ्तार भए। कब्जा तथा अवरोध ९, दुव्र्यवहार तथा धम्कीका २४, आक्रमणका २० र पेशागत असुरक्षाका १६ वटा घटना महासंघमा अभिलेख भए।

जुनसकै व्यवस्थामा पनि पत्रकार सुुरक्षित छैनन्। नेपालमा हालसम्म पनि पत्रकारलाई हत्या गर्ने र आफ्नो गल्ती ढाँकछोप गर्ने क्रम चलिरहेको छ। स्वतन्त्र पत्रकारितालाई डरकारिता बनाउनेहरु हावी भइरहेका छन्।

शिक्षक आन्दोलनको सूचना संकलनमा पानीको फोहोराले पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लाग्यो। उनी घाइते भइन।

जोखिम मोलेर अरु भन्दा पृथक ब्रेकिंग दिने होडबाजीले असुरक्षा बढाइरहेको देखिएको छ। २०५९ साल बैशाख १६ गते सिन्धुपाल्चोक जलविरेका कञ्चन प्रियदर्शी र बैशाख १९ गते नवराज शर्माको हत्या भएको थियो।

नेपाल पत्रकार महासंघको अभिलेख अनुसार त्यो वर्ष मात्र १० जना पत्रकारको हत्या भयो,जति बेला तत्कालिन माओवादीको युद्ध चलिरहेको थियो। २०६० सालमा ५ जना, ०६१ सालमा ५ जना, ०६२ सालमा ४ जना पत्रकारको हत्या भयो।

२०६३, ७०, ०७२, ०७३ र ०७४ सालमा पत्रकारको हत्या भएको रेकर्ड छैन। तर, २०७५ सालमा मकवानपुरका मनोहर ढकाल र रेडियो बूढीनन्द सिलगढी डोटीका तेजबहादुर खड्काको हत्या भयो।

मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, प्रकाशसिंह ठकुरी, र मदन पौडेल अझै बेपत्ता छन्। पत्रकारको सुरक्षामा राज्यले चासो दिएको पाइदैन। मिडिया संचालकहरु स्वयं जिम्मेवारीबाट भाग्ने गरेको गुनासो सामाजिक संचालमा व्यक्त भइरहेका छन्। यसले पत्रकारितामा जोखिम बढेको छ।

समाचार शेयर गर्नुहोस्
326
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.