काठमाडौं र पोखरामा ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ वृत्तचित्र प्रदर्शन हुँदै

काठमाडौं र पोखरामा ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ वृत्तचित्र प्रदर्शन हुँदै

484
SHARES

काठमाडौं ः नेपालमा विद्यमान मातृसत्तात्मक परम्परा र लैङ्गिक विविधता विषयमा आधारित वृत्तचित्र ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ को विशेष प्रदर्शन काठमाडौं र पोखरामा हुने भएको छ। वृत्तचित्रको निर्माण तथा निर्देशन पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तले गरेका हुन्।

बुद्ध जयन्तीको दिन आज सोमबार काठमाडौँको विश्वज्योति सिनेमा हलमा दिउँसो १२ बजे वृत्तचित्र प्रदर्शन हुँदैछ। सो अवसरमा चलचित्र प्रदर्शनसँगै यौनिकता र लैङ्गिक पहिचानका विषयमा खुला छलफल पनि आयोजना गरिनेछ।

त्यसपछि, वैशाख ३१ गते, बुधवार पोखराको मिड टाउन सिनेमा हलमा दिउँसो ३ बजे वृत्तचित्रको विशेष प्रदर्शन हुने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेको पन्तले जानकारी दिए। वृत्तचित्र प्रदर्शनपछि समीक्षा र अन्तरक्रिया सत्र समावेश गरिनेछ।

निर्देशक पन्तका अनुसार वृत्तचित्रले नेपालभित्र विद्यमान विविध लैङ्गिक पहिचानका स्वरूपहरू, सांस्कृतिक अभ्यासहरू, र तिनमा रहेको मातृसत्तात्मक प्रभावबारे गहिरो दृश्यात्मक प्रस्तुति दिन खोजिएको छ।

वृत्तचित्र प्रदर्शनको आयोजना मायाको पहिचान नेपाल र ओरेक नेपालले संयुक्त रूपमा गरेका हुन्। स्विस विकास सहयोग, स्विजरल्याण्डको नेपाली दूतावास, तथा युरोपेली सङ्घ नेपालको सहयोगमा वृत्तचित्र प्रदर्शन हुन लागेको हो।

प्रवेश निःशुल्क रहेको उक्त वृत्तचित्र प्रदर्शनीमा सबैलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेका छन्।

समाचार शेयर गर्नुहोस्
484
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.