निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता : न्याय र प्रेमको विजय

समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता : न्याय र प्रेमको विजय

704
SHARES

काठमाडौँ. : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले प्रहरीको संरक्षणमा परिवारको अपहरणमा परेका समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता हुनु न्याय र प्रेमको विजय भएको बताएको छ।

संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले विज्ञप्ति निकालेर मायाको पहिचान नेपाल र ओरेक नेपालको संयुक्त प्रयास र समुदायको ऐक्यबद्धताले गर्दा सुशिला रम्तेल र उनकी पार्टनर प्रमिला तामाङले कानुनी रूपमा विवाह दर्ता गराउन सफल भएका उल्लेख गरेका छन्। ‘हामी सुशिला र प्रमिलालाई हार्दिक बधाई दिन चाहन्छौँ। उनीहरूको साहसिक सङ्घर्षले अन्य धेरैलाई हिम्मत दिनेछ,’विज्ञप्तिमा लेखिएको,’साथै, हामी यो पनि कामना गर्छौँ कि अबदेखि कुनै पनि व्यक्तिलाई आफ्नो यौनिक पहिचान वा प्रेम सम्बन्धका कारण अपमान, अपहरण वा दुर्व्यवहार सहन नपरोस्।’

प्रेस विज्ञप्ति पढ्नुहोस् :

गत वैशाख २६ गते ललितपुरको प्रहरी परिसरभित्रै समलिङ्गी महिलामाथि भएको अपहरण, दुर्व्यवहार र प्रहरीको संलग्नतामा भएको मानवअधिकार उल्लंघनविरुद्ध आवाज उठाइएको थियो। पीडित जोडीमध्ये एक सदस्य, प्रतिमा तामाङलाई आफ्नै दाजु-भाउजूले जबरजस्ती लगेका थिए, त्यो पनि प्रहरीको उपस्थितिमा। यस घटनाले हाम्रो समाजमा अझै कति गहिरो लैङ्गिक र यौनिक पूर्वाग्रह रहेको स्पष्ट देखाएको थियो।

तर, आशा र सङ्घर्षले आफ्नो बाटो आफै खोल्ने रहेछ। मायाको पहिचान नेपाल र ओरेक नेपालको सहयोगमा यो जोडीले फेरि सुरक्षित वातावरण प्राप्त गरेको छ। हाम्रो संयुक्त प्रयास र समुदायको ऐक्यबद्धताले गर्दा आज सुशिला रम्तेल र उनकी पार्टनर प्रमिला तामाङले कानुनी रूपमा विवाह दर्ता गराउन सफल भएका छन्।

प्रहरीले सँगै बस्न नदिएको समलिङ्गी जोडीको सिंहदरबार गुहारेपछि भयो विवाह दर्ता

एकातिर परिवारको बन्धन, अर्कोतिर सुनकोशी गाउँपालिका सचिव डण्डपाणि भण्डारीको अबुझ पनले समलिङ्गी जोडी विवाह दर्ता गर्न वञ्चित थिए। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक मुकेश कुमार केशरीलाई मायाको पहिचान नेपालको टोलीले विवाह दर्ता गर्न सहज हुने व्यवस्थाका लागि आग्रह गरेको थियो। निर्देशक केशरीले सहयोगी भूमिका निर्वाह गरेर वडा सचिवलाई निर्देशन दिएपछि विवाह दर्ता भएको हो। नत्र वडा सचिवले अनेक बहानाबाजी गर्दै आएका थिए।

यो विवाह दर्ता केवल दुई व्यक्तिको प्रेमको मान्यता मात्र होइन, यो नेपालको संविधान, मानवअधिकार, र सर्वोच्च अदालतको आदेशलाई मूर्तरूप दिने ऐतिहासिक क्षण हो। विशेषगरी, २०८० असार १२ गतेको सर्वोच्च अदालतको आदेशले समलिङ्गी जोडीलाई विवाह गर्न दिने कानुनी अधिकार सुनिश्चित गरेपछि यो एक थप उदाहरण हो जसले देखाउँछ — प्रेममा विभेद होइन, समानता हुनुपर्छ।

हामी सुशिला र प्रमिलालाई हार्दिक बधाई दिन चाहन्छौँ। उनीहरूको साहसिक सङ्घर्षले अन्य धेरैलाई हिम्मत दिनेछ। साथै, हामी यो पनि कामना गर्छौँ कि अबदेखि कुनै पनि व्यक्तिलाई आफ्नो यौनिक पहिचान वा प्रेम सम्बन्धका कारण अपमान, अपहरण वा दुर्व्यवहार सहन नपरोस्।

हामी राज्यका सबै अङ्गहरूलाई सम्झाउन चाहन्छौँ — व्यक्तिगत स्वतन्त्रता, प्रेम र मानवअधिकारको संरक्षण गर्नु सरकारको नैतिक र कानुनी दायित्व हो।

प्रेम जितोस्, न्याय टिकिरहोस्।

सुनिल बाबु पन्त

पूर्व संविधानसभा सदस्य,

कार्यकारी निर्देशक,

मायाको पहिचान नेपाल

समाचार शेयर गर्नुहोस्
704
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.