काठमाडौँ- नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठ वटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।
टुनल्याण्ड G7 ले नेपालका सबै भन्दा कठिन भूभागहरू सफलतापूर्वक पार गर्यो।यो यात्रा दार्चुलाको हिकिला (१,९६७मिटर), पर्वतको फलामे (२,३२५मिटर), इलामको सन्दकपुर (३,६३६मिटर), कर्णालीको जुम्ला(२,५१४मिटर), मनाङको खाङसार (३,७५६मिटर), ढोरपाटन (३,९००मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६०मिटर) र संखुवासभाको गुफापोखरी (२,८९०मिटर) लगायतका उच्चभूभाग र दुर्गममा अवस्थित क्षेत्रहरूमा गरिएको थियो।
यी मार्गहरूमा ठाडो उकालो, भीर र कच्ची बाटाहरू रहेका थिए।टुनल्याण्ड G7 ले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गर्यो र तिनीहरूको पूर्णक्षमता अनुभव गर्ने अहिलेसम्म कै उत्कृष्ट ४x४ अफ-रोडपिक अप बन्न सफल भयो।
यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो। R18 टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गर्यो। २२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्काहरूमा नअड्किएरै पिकअप सजिलै अघि बढ्यो। उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको थियो।
बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड G7 भित्रचाहिँ विलासी र आरामदायी छ।
यसमा प्यानोरामिक सनरुफ, तातो/चिसो हुने १२-तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराहरूले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो।
२३ दिने यो यात्रा टुनल्याण्ड G7 को एक वर्षे परीक्षणको हिस्सा थियो जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्यो।
नेपाली ग्राहकहरूसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो। टुनल्याण्ड G7 ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गर्यो।
यो यात्राले टुनल्याण्ड G7 केवल सहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकहरूका लागि बनेको पिकअप हो भन्ने देखायो। यो केवल पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेहरूका लागि बनाइएको पावर मेशिन हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.