निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र बुद्ध एयरबीच सहकार्य

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र बुद्ध एयरबीच सहकार्य

251
SHARES

काठमाडौं : युएनएफपीए, संयुक्त राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था, तथा बुद्ध एयर प्रा.लि.ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र रणनीतिक साझेदारी मार्फत समुदायको सुदृढीकरणका लागि सहयोग सम्झौता गरेका छन्।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिन हवाई क्षेत्रको एक अग्रणी संस्था (जसले दैनिक रूपमा हजारौँ यात्रुहरूलाई गन्तव्यमा सुरक्षित रूपमा पुर्‍याउँदछन्) मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, क्षमता तथा रोजगार सहयोगको क्षेत्रमा काम गर्ने सम्झौतामा उल्लेख गरिएको युएनएफपीएले जनाएको छ।

ललितपुरमा जेठ २८, २०८२ मा गरिएको सम्झौतामा, युएनएफपीएको तर्फबाट नेपालको लागी प्रतिनिधि वोन योङ हङ्ग र बुद्ध एयरका तर्फबाट कार्यकारी निर्देशक आस्था बस्नेत थापाले हस्ताक्षर गरेका छन्।

यस साझेदारी मार्फत दुवै पक्षले आगामी दुई वर्ष सम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनाका निम्ति अवसरहरू प्रदान गर्दै सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।

बुद्ध एयरले बोर्डिङ्ग पासका साथै हवाईजहाजमा राखिएका पम्पलेट र बुद्ध एयरको “यात्रा” नामक पुस्तिकामार्फत लैङ्गिक हिंसा सम्बन्धी सचेतनाका सूचना सम्प्रेषण गर्नेछ। यी सामग्री मार्फत यात्रीहरूले हिंसा भएका खण्डमा कहाँ जानकारी प्राप्त गर्ने, कस्ता सेवा उपलब्ध हुन्छन्, र हिंसा भोगेका व्यक्तिका अधिकारका बारेमा जानकारी प्राप्त गर्ने छन् भने सबै पहुँचका लागि यस्ता सूचनालाई श्रब्यदृष्य सामग्री मार्फत सम्प्रेषण गरिने छ।

साथै, युएनएफपीएले बुद्ध एयरका कर्मचारीहरूलागि यौन शोषण र दुर्व्यवहार सम्बन्धी तालीम विशेष गरी उक्त घटना भएमा कसरी उजुरी गर्ने र कार्यस्थललाई सम्मानजनक र सुरक्षित बनाउने बारेमा प्रशिक्षण गर्ने छ।

सचेतना र क्षमता अभिवृद्धिका बाहेक यस साझेदारी मार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै जीविकोपार्जनका सहयोग र समाजमा पुनस्थापनाका लागि स्थानीय श्रम र अन्य व्यापारिक संस्थासँग जोड्ने उद्देश्य राखिएको छ।

हस्ताक्षर कार्यक्रममा युएनएफपीएकी प्रतिनिधि, योङ हौंगले, युएनएफपीएले राखेको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको भूमिका बारेमा थप प्रकाश पार्दै भनिन्, “बुद्ध एयरसँगको यो साझेदारीमार्फत हवाई यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म पुग्दै गर्दा लैङ्गिक हिंसा सम्बन्धी महत्त्वपूर्ण जानकारी पुर्‍याउन मद्दत गर्दछ। सबैका लागि सुरक्षात्मक, गरिमायुक्त र अधिकारमूलक वातावरणको प्रवर्द्धन गरेकोमा म बुद्ध एयरप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।”

बुद्ध एयरको तरफबाट आस्था बस्नेत थापाले भनिन्, “हामी युएनएफपीएसँग साझेदारी गर्न पाएकोमा गौरवान्वित छौँ। यस साझेदारी मार्फत लैङ्गिक हिंसामा रहेको मौनतालाई तोड्न सकिनेछ। दैनिक रूपमा समुदाय सँग जोडिएको हाम्रो संस्था मार्फत समुदायमा सूचना, सहानुभूति र काम मार्फत समुदाय सकारात्मक परिवर्तन ल्याउने विश्वास राख्छौँ।”

संयुक्त राष्ट्रको रूपान्तरणकारी एजेन्डा र लैङ्गिक हिंसा रोकथामका लागि राष्ट्रिय लक्ष्यहरू हासिल गर्न यस सहकार्य निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एक नवीन ढाँचा रहेको छ ।

समाचार शेयर गर्नुहोस्
251
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.