काठमाडौं – टिकटकले शार्क ट्याङ्क नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ, जसअन्तर्गत शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ। यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्त्वपूर्ण क्षणको रूपमा रहेको छ, किनभने विश्वव्यापी रूपमा प्रशंसित यो व्यावसायिक रियालिटी शो पहिलो पटक नेपालमा प्रस्तुत हुँदैछ।
शार्क ट्याङ्क नेपालले नेपाली दर्शकहरूलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्रेन्चाइज पहिलो पटक प्रस्तुत गर्दैछ। शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन्।
टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नविद भन्छन्,“शार्क ट्याङ्क नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ। यो सहकार्यले इनोभेसनलाई प्रवर्द्धन गर्ने, व्यावसायिक स्टोरीटेलिंगलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्याउने विश्वास हामीले लिएका छौँ। टिकटकले पहिलो दिनबाटै यो परिवर्तनकारी प्लेटफर्मको हिस्सा बन्न पाएकोमा हामी गर्व गर्दछौँ।”
हाल शार्क ट्याङ्क नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय छन्, जहाँ उनीहरूले आफ्ना अनुभव, सुझाव र व्यावसायिक दृष्टिकोण सिधै दर्शकमाझ प्रस्तुत गरिरहेका छन्। उनीहरूको सक्रियताले टिकटकमा नेपालभित्र र बाहिर समेत दर्शक र क्रियटरहरूको भाइब्रेन्ट कम्युनिटी निर्माणमा सहयोग पुर्याइरहेको छ। यसका अतिरिक्त, टिकटकले शोसँग सहकार्य गर्दै लामो फर्म्याटका कन्टेन्टहरू प्रस्तुत गरिरहेको छ, जसले मनोरञ्जनमा विविधता थप्ने र शोको स्टोरीटेलिंगलाई टिकटकको मौलिक फिचरसँग मिलाएर थप आकर्षक बनाउने विश्वास गरिएको छ।
नेपालका लागि शार्क ट्याङ्कको फ्रेन्चाइजी हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल भन्छन्, “नेपालमा शार्क ट्याङ्क जस्तो विश्वस्तरीय शो ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। टिकटकसँगको साझेदारीले हाम्रो शोको प्रभाव र पहुँचलाई अझ फैलाउनेछ। टिकटक मार्फत हामी युवापुस्ताका उद्यमी र दर्शकहरूसँग सिधा संवाद गर्न सक्छौँ, जसले व्यावसायिक सोचलाई अझ सरल र प्रेरणादायी बनाउँछ।”
शोको आधिकारिक ह्यासट्याग #SharkTankNepal टिकटकमा शोसम्बन्धी सम्पूर्ण सामग्रीहरूको केन्द्र बनेको छ र ट्रेन्डिङ तथा डिस्कभरी सरफेसहरूमा देखा पर्न थालिसकेको छ। केवल १० दिनभित्र, शोको टिकटकमा ४०,००० भन्दा बढी फलोअर्समा पुगेको छ र सिजनभरि बिहाइण्ड द सीन भिडियो क्लिप्स, विशेष अन्तर्वार्ताहरू, मुख्य क्षणहरू, शार्कहरूका प्रतिक्रिया लगायत थुप्रै एक्सक्लुसिभ सामग्रीहरू प्रस्तुत गर्ने लक्ष्यमा छ।
यो साझेदारीले उद्यमशीलता, कन्टेन्ट इनोभेसन र लोकल स्टोरीटेलिंगमा टिकटकको प्रतिबद्धतालाई स्पष्ट पार्दछ। डिजिटल मनोरञ्जनको ऊर्जा र व्यावसायिक प्रस्तुतीकरणको अनुशासन तथा प्रेरणालाई एकसाथ जोड्दै, टिकटक र शार्क ट्याङ्क नेपालले सँगै मिलेर देशभरका दर्शकहरूसामु जानकारी, मनोरञ्जन र सशक्तीकरणको अर्थलाई पुनः परिभाषित गरिरहेका छन्।
टिकटकबारे
टिकटक छोटो आकारको मोबाइल भिडियोका लागि अग्रणी गन्तव्य हो। यसको लक्ष्य रचनात्मकतालाई उत्प्रेरित गर्नु र खुसी फैलाउनु हो। टिकटकका कार्यालयहरू लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जकार्ता, जोहानसबर्ग, सिओल र टोकियो लगायत विश्वभर रहेका छन्। www.tiktok.com
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.