तिमी कसको छाया हौ—आफ्नै कि अरूको?
अस्तित्वको जलनले पोलेर, किन अर्कै बन्न खोज्छौ अनायासै?
आफ्नै रङ्ग र गन्धलाई लाज मानेर, कसैको स्वरूपमा जीवन सजाउनु—के त्यो गौरव हो कि गल्तीको गुहार?
तिमीलाई लाग्छ—अरूको लुगा लगाउँदा इज्जत आउँछ, अरूको पहिचान भित्र पस्दा संसारले प्रेम गर्छ?
तर याद राख —छाया कहिल्यै सूर्य बन्दैन, न त अनुकरणले आत्मा पाउँछ।
तिमी जसलाई भई नसेकेर भइसकेको देखाउँछौ, उनीहरू त आफ्नै पथमा सङ्घर्षरत छन्—अनि तिमी? आफ्नै पथ फेरेर अरूको सान चोर्न हिँडेको।
कुन लाज छ आफ्नो जन्ममा? कुन ग्लानि छ आफ्नै सत्यता भित्र? आफूलाई मारेर अरू बन्नु —त्यो त जीवनको होइन, विवशताको विकृति हो।
जाग — आफ्नो स्वरूप चिन, पहिचानमा गर्व गर, कसैको नक्कल नगर, नकि फेरि समयले नै सोध्नेछ — तँ कुन होस्, तँ आफै पनि जान्दैनस्!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.