बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (BMCV) १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित “सर्व श्रेष्ठ वितरक – दक्षिण एसिया” पुरस्कारबाट सम्मानित गरिएको घोषणा गर्न पाउँदा हामी हर्षित छौँ।
यो पुरस्कार VECV का MD तथा CEO विनोद अग्रवालले प्रदान गरेका थिए र VECV का सबै अन्तर्राष्ट्रिय वितरकहरूको उपस्थितिमा हेमन्त पुराणिक (VP – MAW Enterprises) र शान्ता राजबतास (MD – BATAS MAW Commercial Vehicles) ले ग्रहण गरेका थिए।
दक्षिण एसिया VECV को अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हरू मध्ये एक हो र यस क्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु BMCV कोलागि एउटा ऐतिहासिक उपलब्धि हो।बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी आदि जस्ता विभिन्न पक्षहरूको गहन मूल्याङ्कनको आधारमा VECV का १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले पुरस्कारलाई अन्तिम रूप दिएको हो।
BMCV नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवाको लागि जिम्मेवार छ। विगत एक वर्षमा, BMCV को प्रदर्शन दोब्बर भएको छ, जसले यसलाई नेपालमा सबैभन्दा छिटो बढ्दो व्यावसायिक सवारी वितरकको रूपमा स्थान दिएको छ।
भोल्भो आइसर कमर्सियल भेहिकलले नेपालमा सफलता पूर्वक बलियो उपस्थिति स्थापित गरेको छ। तिनीहरूका साना, मध्यम र भारी सवारी साधनहरू नेपालको भूभागमा राम्रोसँग उपयुक्त छन्।
VECV ले भर्खरै सुरु गरेको प्रिमियम लक्जरी कोच, “म्याजेस्टिक”, नेपालमा तीव्र बिक्री हुने प्रिमियम कोच बनेको छ र देशभर उत्साहका साथ यसलाई अँगालिएको छ। भविष्यलाई हेर्दा, BMCV नेपालमा सकेसम्म चाँडो नम्बर १ व्यावसायिक सवारी ब्रान्ड बन्न पूर्णरूपमा प्रतिबद्ध छ।
प्रतिष्ठित समग्र उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको अवसरमा सम्बोधन गर्दै, MAW कमर्सियल भेहिकलका उपाध्यक्ष हेमन्त पुराणिकले भने: “यो अवार्ड हाम्रो टोलीको जोस र प्रतिबद्धता, हाम्रो बोर्डको अटल समर्थन र हाम्रा ग्राहकहरूको अपार विश्वास, र VECV मा हाम्रा साझेदारहरू सँगको बलियो सहकार्यको प्रमाण हो। यस्तो महत्त्वपूर्ण क्षेत्रमा उत्कृष्टको रूपमा मान्यता पाउनु प्रेरणादायी छ। हामी आगामी वर्षहरूमा स्तर अझ माथि उठाउन कटिबद्ध छौँ।”
BMCV ले आफ्ना ग्राहकहरू, टोली सदस्यहरू, बोर्डर VECV लाई उनीहरूको निरन्तर विश्वास र साझेदारीको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.