निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चञ्चला भारतको प्रतिष्ठित लैङ्गिक समानता तालिममा छनोट

चञ्चला भारतको प्रतिष्ठित लैङ्गिक समानता तालिममा छनोट

1.7k
SHARES

काठमाडौं — लैङ्गिक समानता, दिगो विकास र महिलाको सशक्तीकरणसम्बन्धी दक्षिण एसियाली स्तरको दुई साता लामो आवासीय तालिम कार्यक्रममा नेपालकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) छनोट भएकी छन्।

यो तालिम कार्यक्रम भारतको हिमाचल प्रदेशस्थित सिद्धबारीको जागोरी क्याम्पसमा आयोजना हुँदैछ। कार्यक्रमको आयोजना जगोरी ग्रामीण परोपकारी ट्रस्ट र सङ्गतले संयुक्त रूपमा गरेका हुन्।

प्रत्येक वर्ष हुने यस तालिममा दक्षिण एसियाका विभिन्न देशका परिवर्तनका अगुवाहरू सहभागी हुने गर्छन्। कार्यक्रमको उद्देश्य समानताको पक्षमा आवाज उठाउने सामाजिक अगुवाहरूलाई एकीकृत गर्दै सिकाइ, अनुभव साटासाट र सहकार्य प्रवर्द्धन गर्नु हो।

चञ्चला हाल झापा दमकस्थित लिड नेपालकी कार्यकारी निर्देशक हुन् भने काठमाडौँमा स्थापित मायाको पहिचान नेपालमा आबद्ध भई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका पक्षमा क्रियाशील छिन्।

उनी समुदायभित्रको विभेद र शोषण अन्त्य गर्दै राजनीतिक समावेशिता, आयआर्जनका अवसर र पर्यटन प्रवर्द्धनमा केन्द्रित अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेकी छिन्।

उनी संविधानसभाका पूर्वसदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा सञ्चालित विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्।

चञ्चलाले नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यसहित यस तालिममा सहभागिता जनाउँदै छिन्।

अभियन्ताहरूको विश्वास छ, उनले नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै तालिममा महत्त्वपूर्ण योगदान दिनेछिन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता समेत रहेका सुनिल बाबु पन्त,लिड नेपालका अध्यक्ष सुशील पौडेल लगायतका अधिकारकर्मीहरूले चञ्चलाको छनोटलाई समुदायको साझा सफलताका रूपमा व्याख्या गरेका छन्।

समाचार शेयर गर्नुहोस्
1.7k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.