निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘५ वर्षसम्म शून्य खर्च’ अफर सहित सार्वजनिक भयो नयाँ दिपल एस०७ आइसिए

‘५ वर्षसम्म शून्य खर्च’ अफर सहित सार्वजनिक भयो नयाँ दिपल एस०७ आइसिए

नेपालको ‘वेस्ट लुकिंगइभी’दिपल एस०७मा अब ‘नेक्स्ट–लेभल कनेक्टिभिटी’

2k
SHARES

काठमाडौं – नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ।

नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालको सबैभन्दा सुन्दर इभीका रूपमा आफूलाई स्थापित गर्न सफल दिपल एस०७आइसिए भेरियन्ट नयाँ एक्साइटिंग कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ। यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ। दिपल एस०७आइसिएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ।

नयाँ दिपल एस०७आइसिए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ। यो नयाँ इभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्साउँछ।’

नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट

नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ। यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ। कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्र्याक गर्न सकिन्छ। साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ।

लक्जरी र प्रविधिको नयाँ उचाइ

दिपल एस०७आइसिएमा आफ्नो ट्रेन्डसेटिंग सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ। यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका इन्डस्ट्री फर्स्ट फिचरले दिपलको भिजनलाई दर्साउँछ।
यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टच स्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिकग्लास रुफलले प्रिमियम क्याबिन एक्स पिरियन्स दिन्छ।

‘जेरो ओनरशिप कष्ट फर फाइभ इयर’ अफर

दिपल एस०७र्आइसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरशिप कष्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ। यो स्किममा ग्राहकले दिपल इभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन। दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कष्ट, इलेक्ट्रिसिटी कष्ट र रोड ट्याक्स पाउनु हुनेछ। यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभीदिपल एस०७ सहजैसँग खरिद गर्न सक्नुहुनेछ।

नयाँदिपल एस०७आइसिएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.