काठमाडौँ – Mazda ले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा आफ्ना अत्याधुनिक SUV मोडेल Mazda CX-60 को नेपालमा पहिलो पटक भव्य सार्वजनिक प्रदर्शन गरेको छ।
‘Crafted in Japan’ दर्शनमा आधारित, CX-60 लेलक्जरी, बुद्धिमत्ता र सन्तुलित प्रदर्शनको उच्चतम स्तरलाई नेपालमा प्रस्तुत गरेको हो। आधुनिक सुविधा सम्पन्न यो SUV ले Mazda को नयाँ पुस्ताको उत्पादन दर्शनलाई प्रतिबिम्बित गर्दछ,जहाँ चालकको अनुभवलाई केन्द्रमा राखिएको छ।
प्रिमियम SUV जसले फरक अनुभव दिन्छ
नयाँ प्लेटफर्ममा आधारित CX-60 ले सन्तुलित पर्फर्मेन्स, स्मार्टसेफ्टी, आरामदायी इन्टेरियर र आक्रामक डिजाइनको साथ नयाँ SUV युगको सुरुवात गर्दछ। चाहे सहरका सडक हुन् वा नेपालको पहाडी बाटो—CX-60 हर यात्रालाई एक अद्वितीय अनुभवमा रूपान्तरण गर्ने क्षमता राख्दछ।
स्टलमा अवश्य भ्रमण गर्नुहोस्
Mazda को स्टल नं. A1, हल ‘A’मा CX-60 को बेजोड अनुभवको लागि निमन्त्रणा गरिएको छ। गाडीको इन्टेरियर, एक्सटेरियर, टेक्नोलोजी र पर्फर्मेन्सबारे विशेषज्ञ टोली मार्फत प्रत्यक्ष जानकारी लिनुहोस्।
स्टल नं.: A1 | हल: ‘A’
स्थान:भृकुटीमण्डप, काठमाडौँ
Mazda को नेपालमा यात्रा सुरु गर्न गइरहेको यो ऐतिहासिक क्षणमा तपाईँको उपस्थिति हाम्रो लागि विशेष हुने भनिएको छ।
आइतबारसम्म चल्ने भनिएको नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक उपस्थितिपछि सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। दर्शक सङ्ख्या क्रमशः पहिलो दिन १५,०००, दोस्रो दिन १३,५००, तेस्रो दिन १९,५०० र शनिवार मात्रै २१,५०० पुगेको नाइमाले जनाएको छ।
स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमै अवलोकनकर्ताको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठुलो योगदान दिने प्रतिबद्धतामा रहेको जनाएको छ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन्। एक्स्पोको पहिलो दिन प्रायः कम्पनीहरूले आफ्ना नयाँ मोडल सार्वजनिक गरेका थिए भने दोस्रो दिन नयाँ मोडलसँगै विशेष अफरहरू घोषणा गरिएको थियो।
नाइमा एक्स्पोमा उपलब्ध अधिकांश अफर दसैँ–तिहारसम्म लागू हुने कम्पनीहरूले बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.