निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भृकुटीमण्डपमा शुक्रवारदेखि ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

भृकुटीमण्डपमा शुक्रवारदेखि ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

2.1k
SHARES

काठमाडौं – मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जीबिसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रा.लि. को संयुक्त आयोजनामा यही भाद्र १३, १४ र १५ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेकट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुने भएको छ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ रहेका छन्।

उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहने छन्। यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङका सामग्री, तार, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेकट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ्ग स्टेसन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने छ।

आयोजकका अनुसार, विभिन्न विद्युतीय माध्यमहरूको प्रयोगमा वृद्धि गरी मुलुकमा बढ्दो जलविद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रूपमा सबलीकरण गर्ने एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रदर्शनीको आयोजना हुँदैछ।

विद्युतीय उपकरणहरूलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो।

नेपाल कन्जुमर इलेकट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरूले विभिन्न कम्पनीका विद्युतीय सामग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने सबै जनाले लाभ उठाउन सक्नुहुने छ।

नेपालीहरूको महान् पर्व बडा दशैंको केही हप्ता अगाडि आयोजना हुन लागेको यस प्रदर्शनीमा ग्राहकहरूले सहज तथा सुलभ रूपमा विभिन्न नयाँ विद्युतीय सामानहरू खरिद गर्न सक्ने छन्।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेकट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिहरू बारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्त्व बारे सन्देश फैलाउन सहयोग पुर्‍याउने लक्ष्य यस संस्करणको रहेको छ।

नेपाल इलेक्ट्रिक, पावर, लाइटस् तथा कन्जुमर इलेकट्रोनिक्स एन्ड होम अप्लायन्सेस प्रदर्शनीले आधारभूत रूपमा नेपालमा विद्युत्, विद्युतीय उपकरण, घरायसी रूपमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्नेछ।

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.