परिवर्तनको नाममा यहाँ देश खाइ सकिए।
देश मात्र होइन आमा विश्व छाइ सकिए।
विश्व सामु उदाउँदो स्थानमा छ राजनीति।
कठै यहाँ सभ्य सन्सार छैन सबै विकृति।
जालझेल दोष राेपणमा व्यस्त मस्त देखिन्छ।
गर्न खोज्ने जतिलाई जेल अनि नेलमा छ।
कोही गफमा लट्ठिने त कोही मस्त निदाउने।
दया लागि आउँछ मलाई यो अवस्था देखिँदा।
चुप लागी बस्नु हुन्न भन्दै आवाज उठाउने।
गल्तीहरू कताकता कुन कब्जा लुकाउने।
बढ्दै छन् दिनहरू घट्दै गएको छ समय।
गर्छु गर्छु भन्नेहरू खै कता हो हराए।
दुख उस्तै जनताको गाउँ सहर सबै ठाउँ।
कुर्सी खोस्ने डरले होला खेल्छ धेरै दाउ।
परिश्रमको यात्रामा राम्रो गरे कसैले।
सहयोग गर्ने अपेक्षामा लुटी दियो उसैले।
फुल खोजी मौरीहरू डुल्ने गर्छन् रित्तीमा।
झिँगा र भुसुना नि लाग्या छन् रे राजनीतिमा।
शिक्षित जति आशु झार्दै बिदेसिन बाध्य छन्।
नपढेका ती गोबर जति नेता बन्न कसेछन्।
जसरी पनि जित्नै पर्ने राजनीतिमा सबैलाई।
राम्रो होस् या नराम्रो मै हु ठान्ने आफैलाई।
खाना पाउँछ बोल्दा खेरी कसले काम गर्छ र?
उन्नति र प्रगतिमा दिमाग कहाँ जान्छ र?
कोरेको छु अलिकति वर्तमानको कुरालाई।
अझै कति बाकी छ नि शब्दहरू लेख्नलाई।
बिदा मागे कलम रोक्न साहित्यमा डुबेर।
गल्ती भए माफी माग्छु यी दुई हात जोडेर।
लोक संस्कृति र भाषा बचाउने ‘मिस्टर गे नेपाल’का वेस्ट डिसिप्लेन लासाङको यात्रा
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.