निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एलपी ग्यास उद्योग सङ्घको अध्यक्षमा दिवान चन्द

एलपी ग्यास उद्योग सङ्घको अध्यक्षमा दिवान चन्द

267
SHARES

काठमाडौँ – नेपाल एलपी ग्यास उद्योग सङ्घको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन्। पोखरामा भएको सङ्घको ३० औँ वार्षिक साधारणसभा एवं १२ औँ अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन्।

सङ्घको अध्यक्षबाहेकका पदमा भने सर्वसम्मत पदाधिकारी तथा कार्यसमिति सदस्यहरू चयन भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा निर्वाचित दिवान चन्दका निकटतम प्रतिस्पर्धी उग्रचण्डी ग्यासका सञ्चालक कृष्ण भक्त श्रेष्ठले १७ मत मात्र प्राप्त गरेका थिए।

सङ्घमा कुल ५७ उद्योग सदस्य रहेकोमा मतदानमा भने ५० मतदाताले मात्र सहभागिता जनाएका थिए।

सङ्घको १४ सदस्यीय कार्य समितिको निवर्तमान अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा बाबा ग्यास प्रालि का सुरेन्द्रराज पौडेल, उपाध्यक्षमा गृहलक्ष्मी ग्यास प्रालि का धर्मराज बर्तौला, कावसनस इन्डट्रिजका आषिश अग्रवाल (जाजोदिया), निर्वाचित भएका छन्।

त्यसैगरि महासचिवमा चण्डेश्वरी ग्यास कम्पनी प्रालिका अमित अग्रवाल, कोषाध्यक्षमा श्रीराम ग्यास उद्योग प्रालिका आयुष नेपाल, सचिवमा प्रिमा ग्यास उद्योग प्रालिका सुदिप घिमिरे, सदस्यमा भेरी ग्यास उद्योग प्रालिका सुनिल सिन्हा, सहारा ग्यास उद्योग प्रालिका लोकहर्ष शाक्य, लुम्बिनी ग्यास उद्योग प्रालिका बिमल कालाखेती, सिताश्री ग्यास उद्योग प्रालिका राजेन्द्रप्रसाद दंगाल, नोवेल ग्यास उद्योग प्रालिका विमला सुवेदी ढुङ्गाना र पञ्चमहालक्ष्मी इण्डष्ट्रिजका मनिष कुमार जोशी निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण र पदस्थापना लगायतका कार्यक्रम काठमाडौँमा हुने सङ्घका निवर्तमान अध्यक्ष घिमिरेले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
267
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.