निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी : शमशेर मियाको म्याद गुज्रेकाले सुनुवाइ स्थगित

नक्कली भुटानी शरणार्थी : शमशेर मियाको म्याद गुज्रेकाले सुनुवाइ स्थगित

852
SHARES

काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा २०८० जेठ ४ गते पक्राउ परेका तत्कालीन हज समितिका अध्यक्ष शमशेर मियाँमाथिको मुद्दाको सुनुवाइ म्याद गुज्रेकाले स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतले २०८० असार १ गते दिएको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा पुगेका थिए। तर, त्यसपछि उच्च अदालत पाटनले उनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाएपछि उनी छुटेका थिए।

बुधवार तोकिएको पेशीमा मुद्दा चढे पनि मियाको तारिख गुज्रिएकाले सुनुवाइ स्थगित भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मियाको तारिख गुज्रिए पनि तारिख थाम्ने अवधि बाँकी रहेकाले उक्त अवधि बेतित भएपछि मात्र नियमानुसार पेस गर्न आदेश गरेको हो।

मुलुकी देवानी संहिता २०७४ को व्यवस्था अनुसार, कसैले काबूबाहिरको परिस्थिति उत्पन्न भई म्याद वा तारिख गुज्रिएको खण्डमा सम्बन्धित अदालतमा निवेदन दिन सक्ने र अदालतले त्यस्तो गुज्रिएको म्याद वा तारिख थमाउने आदेश दिने प्रावधान रहेको छ।

नक्कली भुटानी शरणार्थी : एक साक्षीको मृत्यु, ६ जनाको मात्रै बकपत्र

नक्कली भुटानी शरणार्थी मुद्दाका सरकारी साक्षी कुन्दन देवानको मृत्यु भएको छ। साक्षीहरूले बकपत्र गर्न अटेर गरेपछि गत साउन २७ गते जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले नै पक्राउ गरेरै भए पनि अदालतमा उपस्थित गराउने आदेश दिएको थियो।

दिलीप गौतम अदालतमा उपस्थित भए पनि बकपत्र दिएनन्। अब अदालतले उनलाई उपस्थित गराएर बकपत्र गराउनेछ।

सरकारी साक्षी सुष्मा चन्दको म्याद उनका श्रीमानले बुझेका थिए तर उनी अदालतमा उपस्थित भइनन्। बकपत्रको लागि इजलासले आदेश दिएका रविन्द्र कार्की दुबईमा रहेका र मनबहादुर खत्रीको म्याद तामेली भएको अदालत प्रशासनले जनाएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा संलग्नहरुविरुद्ध दायर मुद्दा बुधवार पेसीमा चढेको थियो।

समाचार शेयर गर्नुहोस्
852
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.