निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सेजनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भट्टराई

सेजनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भट्टराई

1.7k
SHARES

काठमाडौं – नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन्। उनी ११० मत सहित अध्यक्षमा निर्वाचित भएका हुन्। प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत पाए।

सेजनको उपाध्यक्षमा जीवन कुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन्। महासचिव कमल कुमार बस्नेत १३९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ पाए।

सचिवमा शङ्कर प्रसाद पण्डित निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा १३३ मत सहित केशु लामिछाने निर्वाचित भएकी छन्। प्रतिस्पर्धी ममता थापाले १०८ मत पाइन।

सेजनको कार्यसमिति सदस्यमा अर्जुन तामाङ (१४१), कमल धिताल (१८५), भोजराज भण्डारी (१४७), राजु बास्कोटा (१५९), र

सीमा तामाङ (२००) निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।

सेजनको २७ औँ वार्षिक सभारणसभामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरूको आलोचना गर्दै राम्रा कामहरूलाई जनतासमक्ष पुर्‍याउन आग्रह गरे।

उनले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताए। उनले सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरूमा सहयोग गर्दै आएको पनि सुनाए।

समाचार शेयर गर्नुहोस्
1.7k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.