याद थिएन मसँग आज नै मर्छु भन्ने।
सपना थिए धेरै देशमा केही गर्छु भन्ने।
साथ छन् साथीको समर्थन त गर्नै पर्छ।
हामीले नै नगरे अब कसले पो यहाँ गर्छ।
चाहना थिए बाआमाको असल सन्तान बनाउने।
बनाइ दियो होइन सरकार त्यही आत्मालाई रुवाउने।
बेकार छ जिन्दगी कुन देशमा जन्मे छु।
थाहा छैन मलाई नै खै कसरी मर्ने छु।
जनता कै करले हो नि तिमिले तलब खाने।
सोझा साझा मानिसलाई किन त्यसै मार्ने?
आदेशको पालनामा चल्यो भने तिमि।
परिवर्तनको नाममा सधैँ गोली खाने हामी?
अगि पछि तिम्रै लागि पहरामा साथ माने।
साथी होइन दुस्मनीको जिम्मेवारी तिमी ठाने।
देशको लागि मर्छु भनी हिजो कसम खानेहरू।
कुर्सी कै लोभले आज सोझा जनता मार्नेहरू।
देखेका ती सपनाहरू पूरा हुन्छ कि भनेर।
गएका थिए आन्दोलनमा साथमा साथी लिएर।
फर्के होलान् मेरो साथी घरमा आमा भेट्न।
माफ गरिदेऊ मेरी आमा सकिएन म फर्किन।
मार्नु हुन्न आशा कहिले सास रहुन्जेल हेर।
मर्नु हामी मरी सके नयाँ बाटो फेर।
रोकिँदैन अब हामी साँचो पत्ता लाउनलाई।
हट्ने छैन पछि कहिले चट्टान पनि फोर्नलाई।
परिवर्तनको आवाज बोल्दा गोली ठोकी दियो।
बाच्ने रहर हुँदा हुँदै सास रोकी दियो।
बस्दै छन् कुर्सीको सहारामा अझै पनि।
कोर्दै छु एक-दुई शब्द आँसु झार्दै म पनि।
लोक संस्कृति र भाषा बचाउने ‘मिस्टर गे नेपाल’का वेस्ट डिसिप्लेन लासाङको यात्रा
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.