निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जागोरी आवासीय कोर्समा नेपालकी नुमा, लैङ्गिक अल्पसङ्ख्यकको प्रतिनिधित्व

जागोरी आवासीय कोर्समा नेपालकी नुमा, लैङ्गिक अल्पसङ्ख्यकको प्रतिनिधित्व

1.4k
SHARES

काठमाडौं – नेपालबाट जागोरी ग्रामीण च्यारिटेबल ट्रस्ट र सङ्गीतद्वारा संयुक्त रूपमा आयोजना गरिएको लैङ्गिक, दिगो विकास र महिला सशक्तीकरण सम्बन्धी दुई हप्ताको आवासीय कोर्समा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) ले प्रतिनिधित्व गरेकी छन्।


सेप्टेम्बर ५ देखि सुरु भएको कोर्स सेप्टेम्बर १९ सम्म जगोरी क्याम्पस, सिद्धबारी, रक्कर (हिमाचल प्रदेश)मा चल्नेछ।

यो वार्षिक कोर्सले सहभागीलाई लैङ्गिक न्याय, दिगो विकास र सामाजिक परिवर्तनका अधिकारमा आधारित दृष्टिकोणमा सामूहिक सिकाइ प्रक्रियामा संलग्न गर्छ। यहाँबाट सिकेका कुराले संवाद र प्रतिबिम्बमा अर्थपूर्ण योगदान गर्नेछन्।

सहजीकरणका लागि विज्ञ प्रस्तोताहरू पनि सहभागी छन्। कार्यक्रममा भारतका दिल्ली, लखनउ, मुम्बई, सिलगुरी, झारखण्ड, हिमाचल प्रदेश, बिहारका साथै नेपालका विभिन्न सङ्घ–संस्थाहरूको सहभागिता छ।

३५ सहभागीमध्ये ४ जना नेपालबाट छन्। तिनैमध्ये नेपालको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै नुमा लिम्बु (चञ्चला) सहभागी भएकी हुन्।

चञ्चलाले भनिन्, “आगामी दिनमा सबै व्यक्ति मानव भएर, सबै लाञ्छना, भेदभाव र हिंसाबाट मुक्त भई, जीवनका हरेक परिस्थितिमा समस्याको समाधान खोज्दै अघि बढ्नुपर्छ। प्रत्येक व्यक्तिको पहिचान, भूमिका, आत्माविरोधी आत्मबल र स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ। विभिन्न कानुन, नीति निर्माण, संविधानका कुरा, देशप्रतिको माया, नारीवादी, महिला अधिकार, मानव अधिकार, मनोवैज्ञानिक विमर्श, महिला, दलित, अपाङ्गता, जात, जनजाति, आदिवासी, हिंसा–उत्पीडन पीडित र आवाजविहीनको मुद्दा पहिचान गर्दै अघि बढ्नुपर्छ। यी कुरा जीवनमा उपयोगी हुन्छन् र व्यवहारमा लागू गर्नुपर्छ।”

चञ्चलाले जागोरीलाई विशेष धन्यवाद दिँदै आभा भाईया, शिल्पा लगायत सम्पूर्ण टिमलाई आभार प्रकट गरेकी छन्।

समाचार शेयर गर्नुहोस्
1.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.