निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कविता : तिम्रो आँखाको पीडा

कविता : तिम्रो आँखाको पीडा

1.3k
SHARES

आमा,

तिम्रो आँखाको पीडाले

धेरै कुरा बोलेको छ,

निःशब्दता भित्र पनि

देश दुखेको देखाएको छ।१।

आमा,

तिम्रा ती नयनका टलपलहरूमा

निश्चलताहरू बगेका छन्।

असीम माया र धैर्यतामा

साहसका दियाबलेका छन्।२।

आमा,

रसिला ती आँखाभित्र,

राष्ट्रियताका सागर छन्,

अठोट विश्वासका र सङ्कल्पका

रेखाहरू अमिट कोरिएका छन्।३।

आमा,

तिम्रै त्यी अद्भुतदृष्टिहरुमा

देशको सुनौलो भविष्य छ,

पीडा र दर्दका गाथाभित्र

उज्ज्वल दीप पनि बलेको छ।४।

आमा,

तिम्रो आँखाको प्रत्येक थोपाहरूले

मेरो मुटुमा कविता कोर्छ,

तिम्रो मौनकाअसिम पीडाहरूबाट

जीवनलाई ठूलो शिक्षा दिन्छ।५।

समाचार शेयर गर्नुहोस्
1.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.