निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सुनिल बाबुले गरे,’हर्क-बालेन समानलिंगी राजनीतिक सम्बन्ध’को स्वागत

सुनिल बाबुले गरे,’हर्क-बालेन समानलिंगी राजनीतिक सम्बन्ध’को स्वागत

947
SHARES

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्ट्याटसलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ। जेनजी आन्दोलनपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बालेनसँग रिसाएका छन्।

हर्क रिसाएपछि बालेनले फकाउने शैलीमा स्ट्याटस लेखेका छन्। प्रधानमन्त्रीमा आफूलाई समर्थन नगरेको झोक फेर्ने शैलीमा अभिव्यक्ति दिँदै आएका साम्पाङलाई बालेनले लभ यु भनेका छन्। साम्पाङ रिसाएको प्रतिक्रिया सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत फकाउने शैलीमा स्ट्याटस लेखेका थिए।

बालेनले लेखेका छन्“डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यु आर माई ट्रियु लभ। ”

गत स्थानीय तहको चुनावमा दुवै स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका हुन्। यी दुई जना मेयरहरूबीचको यस प्रकारको सामाजिक सञ्जाल संवादले थप जिज्ञासा र बहस जन्माएको छ।

बालेनको उक्त स्ट्याटसपछि हर्क साम्पाङले कठोर प्रतिक्रिया फर्काएका छन्। उनले सामाजिक सञ्जालमै लेखेका छन्, “देश जलाएर खरानीको व्यापार, विदेशीको कट्पुतली बनेर रमाइलो गर्दै लभको कुरा। मुखमा राम राम, बगलीमा बम्फक। कठै… मुतको न्यानोमा जुनी बिताउनेहरूको कमी छैन फेरि।”

यसरी हर्कको आक्रोशित भनाइपछि बालेनले फकाउने शैली अपनाएको प्रसङ्गलाई विभिन्न कोणबाट व्याख्या गरिएको छ।

एसियाका पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तले बालेनको स्ट्याटसलाई ‘समानलिङ्गी राजनीतिक सम्बन्ध’ को संज्ञा दिँदै स्वागत गरेका छन्। सामाजिक सञ्जालमै हर्क र बालेनलाई मेन्सन गर्दै उनले लेखेका छन्,“एउटा पुरुष युवा नेताले अर्का पुरुष नेतालाई खुला प्रेम प्रस्ताव राखेका छन्। समान लिङ्गी राजनीतिक सम्बन्धको स्वागत गरिन्छ।”

सामाजिक सञ्जालमा बालेन र हर्कबीचको यो संवादलाई कतिपयले रमाइलो रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई गम्भीर राजनीतिक सन्देशसँग पनि जोडेर टिप्पणी गरेका छन्।

समाचार शेयर गर्नुहोस्
947
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.