निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कविता : सहिदहरूको नाममा

कविता : सहिदहरूको नाममा

1.2k
SHARES

हजारौँ हात उठेका छन्, सहिदहरूको सम्मानमा
हिमाल रोई रहेको छ,हेर! सहिदहरूको नाममा।

हजारौँ माथ झुकेका छन्, प्रणाममा, सलाममा
देश रोइरहेको छ, सन्तानहरूको अवसानमा।

भ्रष्टहरू केन्द्रित भए, मात्र सुख-सयल र मोजमा
आफन्त बाहेक सबै पराई, ध्यान मात्र सन्तानमा।

आलिसान महल ठड्याई, आसक्त भौतिक सुखमा
देश रहोस् वा जाओस्, मात्र ध्यानस्थ कुर्सी-मोहमा।

अति भयो अत्याचार अब, चिन्ता सबैलाई हृदयमा
निराश जीवन बाँची रहे, असह्य आ-आफ्ना दुःखमा।

युवा शक्ति कसरी जागे, जम्मा भए लाखौँ-लाखमा
आन्दोलनका बिगुल फुके, शक्तिपुञ्ज ली हातमा।

दमन भयो, दर्जनौँ ढले, आगो भए झन् क्रोधमा
झन् झोकिए, आगो लगाए, उत्रे सबै प्रतिरोधमा।

धेरै महल, कार्यालय, गाडी – खरानी भए आगोमा
अजस्र क्षति सबै तिर, अरबौँ – खरबौँ – लाखौँमा।

सहिदहरूका लास जली रहेका छन्, देशैभरि चितामा
सबैतिर आँसुका भेल, आमा- बुबा, सबै चिन्तामा।

आज असोज दुई गते, देश डुबेको छ गहिरो शोकमा
‘सहिदहरूको सपना पूरा होस्’ गुञ्जित चोक चोकमा।

हजारौँ हात उठेका छन्, सहिदहरूको सम्मानमा
हिमाल रोई रहेको छ, हेर! सहिदहरूको नाममा।
*
[email protected]

समाचार शेयर गर्नुहोस्
1.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.