निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अन्तर्राष्ट्रिय कार्डमार्फत अध्यागमन सेवामा भुक्तानी सुरु

अन्तर्राष्ट्रिय कार्डमार्फत अध्यागमन सेवामा भुक्तानी सुरु

1.1k
SHARES

काठमाडौं — राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (अन्तर्राष्ट्रिय कार्ड सञ्जाल) अन्तरआवद्धताको शुभारम्भ भएको छ।

राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय कार्ड सञ्जालको अन्तरआवद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस र फेसलेस बनाउन सकिने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यस प्रणालीले चौबीसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित गर्नेछ। यससँगै राजस्व सङ्कलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए। उनले यसले डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास नेपाल सरकारले लिएको पनि बताए।

यो भुक्तानी प्रणालीमार्फत मास्टर कार्ड, भिसा कार्ड, अलीपे लगायतका अन्तर्राष्ट्रिय कार्ड सञ्जालमा आबद्ध कार्डहरू प्रयोग गरी नेपाल सरकारको अध्यागमन विभागद्वारा निर्धारण गरिएका सेवा प्राप्त गर्न सकिनेछ। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रवेश गर्ने पर्यटकहरूले सहज रूपमा सेवा लिन सक्ने भएका छन्।

हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायमार्फत प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा मात्र सुरुवात भए पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायमा पनि विस्तार गर्दै लैजाने प्रवक्ता लामिछानेले जानकारी दिए।

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालबाट बिहीबार उक्त सेवाको औपचारिक शुभारम्भ गरिएको हो।

समाचार शेयर गर्नुहोस्
1.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.