निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पिंकीको शेयर घोटाला र ब्लु डायमण्डको उर्दीले समुदाय लक्षित व्यापार धराशायी

पिंकीको शेयर घोटाला र ब्लु डायमण्डको उर्दीले समुदाय लक्षित व्यापार धराशायी

रेस्टुरेन्टमा खाना मिठो छैन, पार्लरमा सेवा राम्रो छैन भनेर ब्लु डायमन्डको नेतृत्वले अफवाह फैलाउँदा पीडित

900
SHARES

काठमाडौं — लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित बिजनेस व्यापारमा समुदायका अभियन्ता भनिनेहरूले थ्रेट दिन थालेका छन्। संस्थापक सुनिल बाबु पन्तलाई आउट गरेर ब्लु डायमन्ड सोसाइटी कब्जा गरेको समूहले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित रेस्टुरेन्ट, ब्युटी पार्लर लगायतका व्यवसायमा नजान उर्दी जारी गरेको पाइएको हो।

सोसाइटीको नेतृत्वले महँगो तिर्न परे पनि अन्तै जान उर्दी गरेका समुदाय लक्षित ब्युटिपार्लरका एक सञ्चालकले बताए। रेस्टुरेन्टमा खाना मिठो छैन, पार्लरमा सेवा राम्रो छैन भनेर ब्लु डायमन्डको नेतृत्वले अफवाह फैलाउँदा आफूहरू पीडित बनेको ती सञ्चालकले बताए।

रेस्टुरेन्ट, पार्लर सञ्चालकहरूका अनुसार ब्लु डायमन्डले एचआइभी प्रिभेन्सनमा बजेट ल्याउने गरेको छ। तर, पार्लर, रेस्टुरेन्ट जाँदा एचआइभी लागेको मान्छे आउँछन् नजानु भन्ने गरेको पाइएको छ।

एचआइभी परियोजनाका लागि युएसएआइडीको ८ करोड गायब पारेको ब्लु डायमन्डले समुदाय लक्षित व्यापार व्यवसायप्रति भ्रम फैलाएको सञ्चालकहरूले बताए। ती सञ्चालकका अनुसार मेकअप सिक्न जाने समुदायका सदस्यलाई सोसाइटीकी पूर्वअध्यक्ष सञ्जीव गुरुङ पिंकी, मनिषा ढकाल, सञ्जय शर्मा, भूमिका श्रेष्ठ, प्रकाश निरौला,पिटर राई लगायतले भड्काउने काम गरेका छन्।

विदेश पठाइदिन्छु त्यसकोमा नजानु भन्नेसम्मका आश्वासन दिएको पाइएको समुदाय लक्षित रेस्टुरेन्ट, पार्लरका सञ्चालकहरूले बताए। ‘उनीहरूको पार्लरमा जाँदा थाइल्यान्ड, बैंककसम्म मात्रै पुग्ने हो, हामीसँग लागे अमेरिका नै जान पाइन्छ भनेर मेकअप सिक्न आएकाहरूलाई भड्काएका रहेछन्,’एक पार्लर सञ्चालकले भने, ‘हामीसँग लाग्दा प्रहरी चौकीमा पर्दा छुटाउन आउँछौ समेत भनेर बिजनेस नै धराशायी पारिदिन खोजेको पाइयो। यसमा ब्लु डायमन्डको टिम नै लागेको छ।’

ब्लु डायमन्डले कार्यक्रम नै राखेर बैंककबाट १ सय भाटमा ल्याएको पाउडर ५ सय रुपैयाँमा बिक्री गरेको भन्दै समुदाय लक्षित पार्लरबाट पाउडर नकिन्न समेत उर्दी जारी गरेको पाइएको एक सञ्चालकले बताए। नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि थाई भाट १ को खरिददर ४ रुपैयाँ ४२ पैसा तोकेको छ। यो दररेट अनुसार १ सय थाई भाटको ४४२ रुपैयाँ हुन्छ। बैंककबाट नेपाल ल्याएर ५ सय रुपैयाँमा बिक्री गर्दा ठगी गरेको आरोप समेत ब्लु डायमन्डको टोलीले लगाएको पार्लर सञ्चालकले बताए।

रेस्टुरेन्ट र पार्लर सञ्चालकलाई आरोप लगाउने नेतृत्वकर्ता पिंकी शेयर ठगी घोटालामा मुछिएकी छन्। उनीविरुद्ध जिल्ला प्रहरी परिसर, जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा उजुरी परेको छ। उजुरीको छानबिनका क्रममा प्रहरी कार्यालय उपस्थिति भएकी पिंकीले शेयर भर्न रकम सङ्कलन गरेको स्वीकारेकी थिइन।

अद्यावधिक समेत नभएको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको रसिद दिएर रकम उठाएकी पिंकीले अहिले इनर्जी इन्भेस्टमेन्ट कम्पनीको शेयर प्रमाण लिन जानुपर्ने बताएपछि शेयरका लागि रकम बुझाएका समुदायका सदस्यहरूले प्रहरी प्रशासन गुहारेका हुन्।

पिंकी भने ब्लु डायमन्डको टोली नै परिचालन गरेर आफूविरुद्ध उजुरी दिनेहरूलाई मानसिक तनाव दिने काममा लागेको पाइएको पार्लर सञ्चालकले बताए। ‘आफूले लाखौँ ठगी गर्ने अनि ठगीबाट उम्कन उजुरीकर्ताहरूलाई तनाव दिने काम कानुन विपरीत छ,’ती सञ्चालकले भने।

ती सञ्चालकले आफ्नो व्यवसायमा ब्लु डायमन्डले हस्तक्षेप गरिरहेको बताए। “तिमीहरू जेल पर्‍यो भने छुटाउने काम हाम्रो हो, पार्लरमा गयौ भने खबरदार” भनेका रहेछन्, ती सञ्चालकले भने, “मेरो त त्यही पार्लर हो नि। अरू केही छैन नि।”

समुदायले समुदायका लागि सञ्चालन गरेको व्यवसायमा हस्तक्षेप गर्न मिल्छ? ती सञ्चालकले प्रश्न गरे। “काम गरेर खान दिनु पर्‍यो नि। हामीमाथि दमन गरिरहेको छ। उनीहरूले करोडौँ ल्याएर घोटाला गर्दा राम्रो भयो। हामी आफ्नो पसिना बगाएर १ सय भाटको ५ सय नेपाली रुपैयाँमा बेच्दा हल्ला फैलाइरहेका छन्। यसले बिजनेसमा असर गरेको छ,” उनले भने।

विशेष गरी जेनजी आन्दोलनपछि यस्तो दबाब र अफवाहले समुदाय लक्षित व्यापार–व्यवसायमा ओरालो लागेको अवस्था समेत सञ्चालक र व्यवसायीहरूले उजागर गरेका छन्। व्यावसायिक घाटा, ग्राहक ह्रास र मानसिक तनाव भनेका तिनीहरूको साझा समस्या बनेका छन्।

जेनजी आन्दोलनका क्रममा उजुरीहरू गायब भएको हुन सक्ने भन्दै पिंकीले पीडितलाई उल्टै तनाव दिएको आशङ्का उनीहरूले गरेका छन्। पिंकीको शेयर घोटाला, ब्लु डायमन्डको अनियमितताको छानबिन गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक कोनिका लामाले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गरेर उजुरी दिएका छन्।

सम्बन्धित समाचार

प्रधानमन्त्री कार्कीलाई अधिकारकर्मी कोनिकाको पत्र : छुट्टै आयोग गठनदेखि ब्लु डायमन्डको भ्रष्टाचार छानबिनसम्म माग

ब्लु डायमन्डभित्र आन्तरिक विस्फोट : समुदायबाटै शोषण अन्त्यको माग

‘समुदायकै नेतृत्वबाट ठगी, प्रहरी प्रशासन र सरकारी वकिल कार्यालय दोषी बचाउने भूमिकामा’

युएसएआइडीको ८ करोड गायब, मानव बेचबिखन र अनियमितताको आरोपमा ब्लु डायमन्डमाथि अनुगमन गर्ने प्रशासनको निर्णय, सदस्यता विवरणमा अझै आलटाल

पत्रकारलाई कारबाही गर्ने ब्लु डायमन्डको धम्की, युएसएआइडीको ८ करोड गायबको हिसाब माग्दा मिडियामाथि आक्रमण

समाचार शेयर गर्नुहोस्
900
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.