कविता : श्रद्धाञ्जली !!!!!!

कविता : श्रद्धाञ्जली !!!!!!

760
SHARES

तिमी गयौ, उनी गइन्

अब जाने पालो मेरो,

हेर्दाहेर्दै नाची रह्यो

खरानीको सेरोफेरो!!!!!

पंचतत्व गई मिल्यो

आ-आफ्नै अस्तित्वमा,

चेतनाको झिल्को सानो

मिल्न गयो परमात्मामा!!!!!

तिम्रो अवसानले प्यारो साथी

यी आँखाहरू धेरै रुवायो,

आत्मा, परमात्मा र जीवको

परिभाषाको अर्थ लगायो!!!!!

प्रत्येक तिम्रो वाणीमा

जादुयीको लय थियो

एकोहोरो भै सुनी रहँदा

ओमको मीठो नाद हुन्थ्यो!!!!

नश्वर शरीर आज छैन,

तर, यो मनले विश्वास गर्दैन

कहाँ गयो? किन गयो?

सोध्न पनि मन भएन!!!

बालापनको तिमी मूर्ति थियौ

परमात्माको अर्को रूप थियौ

शून्यबाट शून्य भयौ

फेरी किन नयन यो बग्यो?!!!!!

समाचार शेयर गर्नुहोस्
760
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.