दुई भुक्तानी कम्पनी प्रभु टेक्नोलोजीको अनुमतिपत्र नवीकरण भएन, फस्ट पेको रद्द

दुई भुक्तानी कम्पनी प्रभु टेक्नोलोजीको अनुमतिपत्र नवीकरण भएन, फस्ट पेको रद्द

325
SHARES

काठमाडौं — नेपाल राष्ट्र बैङ्कले दुई भुक्तानी सेवा कम्पनीमाथि कारबाही गरेको छ। राष्ट्र बैङ्कले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरेको र फस्ट पे टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द गरेको हो।

राष्ट्र बैङ्कका अनुसार, प्रभु टेक्नोलोजी प्रा.लि.लाई २०७६ साल फागुन ११ गते प्रदान गरिएको अनुमतिपत्र भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३(४) बमोजिम नवीकरण नगरिएको हो।

सो संस्थाले जारी गरेका भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहक वा सेवाग्राहीसँग कुनै लेनदेन बाँकी रहेको भए, सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैङ्कले अनुरोध गरेको छ।

त्यस्तै, फस्ट पे टेक्नोलोजी प्रा.लि. लाई २०७६ साल फागुन १३ गते प्रदान गरिएको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र ऐनको दफा १३(६) बमोजिम रद्द गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

सो संस्थासँग पनि कुनै कारोबार बाँकी रहेको भए ३० दिनभित्र सम्पर्क गर्न अनुरोध गरिएको छ। राष्ट्र बैङ्कले दुवै सूचनामा सम्बन्धित पक्ष र सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
325
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.