कालीकोट प्रशासनले दिन थाल्यो बिहानी सेवा

कालीकोट प्रशासनले दिन थाल्यो बिहानी सेवा

426
SHARES

कालीकोट – जिल्ला प्रशासन कार्यालय, कालीकोटले नागरिकता र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीहरूको भीड अत्यधिक बढेपछि बिहानी सेवा सुरु गरेको छ।

कार्यालयले सूचना जारी गर्दै २०८२ साल असोज २६ गते आइतबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि बिहान ७:०० बजेदेखि साँझ ६:०० बजेसम्म सेवा प्रदान गरिने जनाएको हो।

जिल्ला प्रशासन कार्यालय, कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले हस्ताक्षर गरेको सूचनामा नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्य सो समयभित्र मात्र सञ्चालन हुने उल्लेख छ।

कार्यालयले सेवाग्राहीहरूलाई समयमै उपस्थित भई आवश्यक कार्य सम्पन्न गर्न समेत अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय कालीकाेटले केही समय पहिले पनि नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताका लागि अध्यवधि गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भनेपछि त्यसका लागि पनि बिहानी सेवा सुचारु गरेको थियो।

बिहानी सेवा सुरु भएपछि प्रायः वृद्धवृद्धा जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन्। उनीहरूको सहजताका लागि अर्को व्यवस्था नहुँदासम्म यो सेवा सुचारु रहने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्माले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालयको सेवा अवधि बढाएको बताए। उनले सेवाग्राहीको चाप नघटेसम्म यो समयमा कार्यालयबाट सेवा सञ्चालन हुने बताए।

समाचार शेयर गर्नुहोस्
426
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.