निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा प्रवेश

नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा प्रवेश

265
SHARES

काठमाडौं – नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ। बुधवार भएको सुपर सिक्स अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल दुई खेल खेल्न बाँकी रहँदै विश्वकपका लागि योग्यता प्राप्त गर्न सफल भएको हो।

नेपालको यो उपलब्धि ऐतिहासिक रहेको छ, किनभने नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा पुगेको हो। यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेश र सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिका संयुक्त रूपमा आयोजना गरिएको विश्वकपमा सहभागिता जनाएको थियो।

अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२५ रनको विशाल योगफल बनाएको थियो। उसका लागि आलिसान सराफुले शानदार ८६ रनको योगदान गरे भने राहुल चोपराले ६२ रन र हर्षित कौशिकले अविजित ४४ रन बनाए।

जवाफमा २२६ रनको लक्ष्य पछ्याउन उत्रिएको सामोआले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो। सामोआका लागि बेञ्जामिन माइल्ताले सर्वाधिक ३९ रन र स्यामुअल फ्रेञ्चले २५ रन जोडे।

यस जितसँगै युएईले पनि सुपर सिक्सको अङ्कतालिकामा आफ्नो स्थान मजबुत बनाएको छ। युएईको जितले नेपालसँगै ओमान पनि आगामी विश्वकपमा प्रवेश गर्न सफल भएको छ।

नेपालको यो सफलता नेपाली क्रिकेटको लागि अर्को गर्वको क्षणका रूपमा हेरिएको छ। अब नेपाल बाँकी दुई खेल जितेर समूह विजेता बन्दै उपाधि लक्ष्य गर्ने तयारीमा रहेको छ।

समाचार शेयर गर्नुहोस्
265
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.