कविता : पूर्ण चेतनाको बीज

कविता : पूर्ण चेतनाको बीज

540
SHARES

शून्यताको गहिराइमा

एक्लै म रमाउँछु।

आउने जाने श्वासमा

बेग्लै आनन्द पाउँछु।!१!

क्षण क्षणमा बदलिने

संवेदनाको प्रभावलाई,

चुपचाप हेर्छु शरीरमा

हुने हरेक चाललाई!२!

आउँछ श्वास, जान्छ श्वास

अविरल यो चलिरहन्छ,

शरीर केवल माध्यम नै हो

अनुभूति एक सत्य रहेछ!३!

न दुःखसँग कुनै गुनासो

न सुखमा नै छ मिठो हाँसो

आउने जाने यो श्वास पनि

तिम्रै अद्भुत हो यो नासो!४!

समता र साक्षीत्व

जीवनका कुलसार हुन्,

चेतनाले नै खोल्दछ

ध्यान मूल द्वार हुन्!५!

बाहिर होइन

भित्र छ झनै उज्यालो,

यही हो एक सत्य

चेतनाको रमाइलो!६!

पूर्ण चेतनाको बीज

जब फुट्दछ हामीमा,

प्रज्वलित हुन्छ ब्रह्माण्ड नै

शून्यताको एकाकारमा!७!

(रमा दुलाल पुर्व नायब-महालेखा परीक्षक तथा बेरुजू फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिकी सदस्य-सचिब हुन्।)

समाचार शेयर गर्नुहोस्
540
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.