खुलालु पुलबाट हाम फालेकी सिर्जनाको शव अछाममा भेटियो

खुलालु पुलबाट हाम फालेकी सिर्जनाको शव अछाममा भेटियो

378
SHARES
पुलबाट हाम फालेकी १५ वर्षीया किशोरी सिर्जना बटाला । तस्बिर : साैजन्य/वडा अध्यक्ष प्रदिप बाेहाेरा

कालीकाेट — गत असोज २८ गते मङ्गलवार कर्णाली करिडोरअन्तर्गत खुलालु पुलबाट हाम फालेर बेपत्ता भएकी सिर्जना बटालाको शव ८ दिनपछि फेला परेको छ।

कालीकाेटकाे नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी १५ वर्षीया किशोरी सिर्जनाको शव अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–१ रफ बुढाबालुवा तल्लो डुङ्गेश्वर नजिकै कर्णाली नदीमा फेला परेको हो।

स्थानीय पवित्रा रावलले नदीमा शव देखेपछि तत्काल सिर्जनाका आफन्तलाई खबर गरेकी थिइन्।

नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदीप बोहोराका अनुसार सिर्जनाको अन्तिम संस्कार बुधवार खुलालुमा गरिने भएको छ।

सिर्जना खुलालु बजारमा व्यापार गर्दै आएका अनिपाल बटालाकी जेठी छोरी हुन्। उनी हाल वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत थिइन्। सिर्जना दसैँ मनाउन घर गएकी थिइन।

अध्यक्ष बाेहाेराका अनुसार “सिर्जनासँगै अर्की एक किशोरी पनि पुलबाट हाम फाल्ने तयारीमा थिइन्, तर उनी पहिल्यै बेहोस भएकी थिइन्।”

समाचार शेयर गर्नुहोस्
378
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.