निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दुबईमा म्हःपूजा र नेपाल सम्बत् ११४६ मनाइयो

दुबईमा म्हःपूजा र नेपाल सम्बत् ११४६ मनाइयो

670
SHARES

परदेशमा रहेर पनि आफ्नो भाषा, साहित्य, कला, सङ्गीत, भेसभुसा तथा रीतिरिवाजको जगेर्ना गर्ने उद्देश्यले नेवा पुचः युएईले नेवार समुदायको मौलिक सांस्कृतिक चाड म्हःपूजा र नेपाल सम्बत् ११४६ विधिवत् रूपमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा मनाएको छ।

सन् २००२ मा स्थापित नेवा पुचः युएईले हरेक वर्ष विभिन्न सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि सो संस्थाले यूएईभर छरिएर रहेका नेवार समुदायलाई एक ठाउँमा भेला गराई आफ्नो बिदा समय मिलाएर परम्परागत ढंगमा चाडपर्व मनाएको हो।

संस्थाका अध्यक्ष बिरेन्द्र नकर्मीका अनुसार परदेशमा बसोबास गरिरहेका नेवार समुदायका सदस्यले यस्ता कार्यक्रमका माध्यमबाट आफ्नो भाषा, संस्कृति र पहिचानलाई जोगाउने मात्र होइन, स्वदेशको झल्को पनि अनुभव गर्ने अवसर पाउँछन्। “परदेशमा भए पनि आफ्नै संस्कार, परम्परा र मौलिक चाडलाई निरन्तरता दिन हामी हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्छौं,” अध्यक्ष नकर्मीले बताए।

केही महिनाअघि मात्र विश्व नेवा अर्गनाइजेशनको तर्फबाट अन्तर्राष्ट्रिय स्तरको नेवा सम्मेलन पनि दुबईमा अगस्ट १५ देखि १७ सम्म भव्यताका साथ सम्पन्न भएको थियो। सो सम्मेलनले विश्वभर रहेका नेवार समुदायबीच आपसी एकता, सहकार्य र सांस्कृतिक आदानप्रदानको सन्देश फैलाएको थियो।

नेवा पुचः यूएईका महासचिव कुमार बलामीले भने, “हाम्रो मौलिक परम्परा, भाषा, धर्म, कला–संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनमा एकता र सहकार्यको भावना आवश्यक छ। आगमी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रम निरन्तर आयोजना गर्दै नेवार समुदायको पहिचानलाई विश्वभर उजागर गर्न हामी प्रतिबद्ध छौं।”

दुबईमा सम्पन्न सो कार्यक्रमले परदेशमा रहेर पनि नेपाली सांस्कृतिक सम्पदाको जगेर्ना गर्न सकिन्छ भन्ने सन्देश दिएको सहभागीहरूले बताए।

समाचार शेयर गर्नुहोस्
670
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.