काठमाडौँ – नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यात्रु लक्षित नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको छ।
टेलिकमले २०८२ कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो कार्यक्रमको शुभारम्भ गरेको हो। कम्पनीकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा उक्त सेवाको उद्घाटन गरे।
पहिलो चरणमा सुरु गरिएको नि:शुल्क इन्टरनेट सेवा विमानस्थलको आगमन, प्रस्थान, भिआइपी कक्ष र प्रतिक्षा स्थललगायतका क्षेत्रमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
देशभरका तीनवटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलमा यात्रुका लागि सो सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौताअनुसार कार्यक्रम सुरु गरिएको हो।
सेवा उपलब्ध स्थानमा “NT-CAAN Free WiFi” नामक सञ्जालमा जडान गरी निर्देशनअनुसार प्रक्रिया पूरा गरेपछि यात्रुहरूले सहज रूपमा नि:शुल्क इन्टरनेट प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.