निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७ करोड ५१ लाख जम्मा

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७ करोड ५१ लाख जम्मा

200
SHARES

काठमाडौँ – नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७,५१,६०,४३९ रुपैयाँ सङ्कलन भएको छ।

अर्थ मन्त्रालयका अनुसार, कोषमा जम्मा रु ७,५१,६०,४३९ (सात करोड एकाउन्न लाख साठी हजार चार सय उनन्चालीस रुपैयाँ मात्र) सङ्कलन भएको छ।

मङ्गलवार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको तर्फबाट रु १,००,००,००० (एक करोड रुपैयाँ मात्र) को चेक अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन्।

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले कम्पनीको तर्फबाट रु २५,००,००० (पच्चीस लाख रुपैयाँ मात्र) को चेक सोही कोषमा हस्तान्तरण गरेका छन्।

सरकारले जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालय, विद्युत् र सञ्चार संरचना, राजस्व कार्यालय, सिँचाइ संरचना र सार्वजनिक भवनहरूमा भएको क्षतिको पुनर्निर्माणका लागि उक्त कोष स्थापना गरेको हो। आन्दोलनका क्रममा धेरै संरचनाहरू जलाइएका, तोडफोड गरिएका र सरकारी सवारीसाधन क्षतिग्रस्त भएका थिए।

अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्क प्रसाद पाण्डेयका अनुसार, उक्त रकम क्रमशः क्षतिग्रस्त सरकारी सम्पत्ति पुनः निर्माण, मर्मत, र कार्यालयहरू पुनः सञ्चालनमा ल्याउने कार्यमा प्रयोग गरिनेछ।

सरकारले पुनर्निर्माणको कार्य तीव्र गतिमा अघि बढाउन निजी क्षेत्र र अन्य बिमा कम्पनीहरूलाई पनि सहयोगका लागि आह्वान गरेको छ।

समाचार शेयर गर्नुहोस्
200
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.