निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बालबालिकाको सिकाइकाे आधार अभिभावक

बालबालिकाको सिकाइकाे आधार अभिभावक

225
SHARES
अभिभावक शिक्षा कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावक । तस्बिर : सौजन्य/ पदम हमाल परियोजना संयोजक

कालीकाेट – बालबालिकाको सिकाइ र समग्र शैक्षिक विकासमा अभिभावकको भूमिका सशक्त बनाउन र उनीहरूमा जिम्मेवारी, आत्मविश्वास, सृजनशीलता र नैतिक मूल्य अभिवृद्धि गर्ने उद्देश्यले कालीकाेटकाे रास्कोट नगरपालिका–४ र ५ मा अभिभावक शिक्षा कार्यक्रम गरिएको छ।

प्लान इन्टरनेशनलको सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरन्डेक) नेपालद्वारा आयोजित कार्यक्रममा रास्कोट नगरपालिका–४ र ५ का वडा कार्यालयहरू तथा नगर युवा, खेलकुद तथा शिक्षा शाखाले सहकार्य गरेका थिए।

कार्यक्रममा अभिभावकहरूलाई बालबालिकाको सिकाइमा घरको वातावरण, सकारात्मक अनुशासन, मनोवैज्ञानिक आवश्यकता, र विद्यालयसँगको सहकार्यका पक्षहरूबारे जानकारी दिइएको थियो।

सशक्त बालिका परियोजनाका संयोजक पदम राज हमालले घरमै सिकाइमैत्री वातावरण सिर्जना गर्न अभिभावकहरूलाई आग्रह गर्दै बालबालिकाको सफलता विद्यालय मात्र होइन, घरको माया, समय र समर्थनसँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित हुने बताए।

कार्यक्रम सहभागी अभिभावक सर्जन शाहीले आफ्नो अनुभव बाँड्दै, कार्यक्रमले आफ्नो बच्चाको पढाइमा आफू कसरी सहयोग गर्न सक्छु भन्ने स्पष्ट बुझाइ दिएको प्रतिक्रिया दिए। अब म विद्यालयसँग नजिक भएर काम गर्नेछु र यस्तो कार्यक्रम रास्कोटका सबै वडामा आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र ७३ जना अभिभावकहरूको सहभागिता रहेको परियोजना संयोजक हमालले जानकारी दिए।

विजयपुर आधारभूत विद्यालयका प्रधानाध्यापक एकीन्द्र शाहीले अभिभावक शिक्षाले विद्यालय र घरबीचको सम्बन्ध मजबुत बनाउने र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउने विश्वास व्यक्त गरे।

रास्कोट–५ का वडा अध्यक्ष मन तिरूवाले अभिभावकसँग भएको फलदायी छलफलका लागि परियोजनाप्रति आभार प्रकट गर्दै,वडामा यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्न वडाको तर्फबाट सहयोग जारी प्रतिबद्धता जनाए।

समाचार शेयर गर्नुहोस्
225
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.