नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न फरार प्रतिवादी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न फरार प्रतिवादी पक्राउ

380
SHARES

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधमा संलग्न फरार एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँमा आ.व. २०७९/०८० मा दर्ता भएको सो प्रकरणको अनुसन्धानको क्रममा मधेस प्रदेश, रौतहट जिल्ला, फतुवा हर्साह–९ का ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खरेल ठगी समूहसँग मिलेमतो गरी पीडितहरूबाट असुल गरिएको नगद तथा चेकमार्फत सङ्कलित रकम ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी र कागजात किर्ते गरी रकम हात पार्ने गिरोहमा सक्रिय थिए।

लामो समयदेखि फरार रहेका उनलाई प्राप्त गोप्य सूचनाको आधारमा मङ्सिर २१ गते पक्राउ गरी थप कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अन्य फरार प्रतिवादीहरूको खोजी र अनुसन्धान पनि जारी रहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
380
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.