निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्कको सञ्चालन मुनाफा ७ अर्ब २३ करोड रुपैयाँ

ग्लोबल आइएमई बैङ्कको सञ्चालन मुनाफा ७ अर्ब २३ करोड रुपैयाँ

213
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधवार काठमाडौँमा सम्पन्न भएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैङ्कले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ।

सभाले सञ्चालक समितिको तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैङ्कले आर्थिक वर्ष २०८१।८२ मा रु. ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु. ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।

साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैङ्कले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयर धनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए।

साथै, बैङ्कले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे।

साधारणसभामा नेपाल राष्ट्र बैङ्क, नेपाल धितो पत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरू, शेयर धनी, संस्थागत शेयरधनीका प्रतिनिधिहरू, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधिहरू, कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ। बैङ्कले बैङ्क अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैङ्क २०१६, बेष्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो।

बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

बैङ्कले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ।

अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैङ्कले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

समाचार शेयर गर्नुहोस्
213
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.