निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बाँकेमा तेस्रोलिंगीको रहस्यमय मृत्यु

बाँकेमा तेस्रोलिंगीको रहस्यमय मृत्यु

‘मायाको पहिचान’ले माग्यो निष्पक्ष छानबिन

959
SHARES

बाँके – बाँकेस्थित महेन्द्र बहुमुखी क्याम्पस हाताभित्रको पुरानो खाली घरमा एक जना तेस्रोलिंगी मृत फेला परेका छन्। पुरुष हाउभाउका मिना थारु मृत भेटिएका हुन्।

शवको भेरी अञ्चल अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्ट नआएकाले मिनाको रहस्यमय मृत्युको कारण खुल्न सकेको छैन। शव सनाखत गरेर आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीले जानकारी दिएका छन्।

२४ वर्षीया मिनाको हत्या भएको जस्तो नदेखिने डिएसपी पातलीले बताए। नशा सेवनबाट मृत्यु भएको हुन सक्ने उनको भनाइ छ। “हत्या भएको शङ्का देखिएको छैन,” डिएसपी पातलीले पहिचानसँग भने, “आफन्तबाट किटानी जाहेरी पनि परेको छैन।”

प्रहरीका अनुसार मिना बरालिएर हिँड्ने गर्थिन्। उनले नशा सेवन गर्ने गरेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले उनलाई पुरुष भन्ठाने पनि मिनाका आफन्तले ‘छोरी’ भनेर सनाखत गरेका छन्। उनको पहिचान ‘ट्रान्स मेन’ थियो।

उनी बरालिएर हिँड्ने कारणबारे कसैले खोजबिन गरेन। परिवारले पनि शव भेटिएको चार दिनपछि मात्र सनाखत गरेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भने मिनाको मृत्यु नभई हत्या भएको आरोप लगाएका छन्। ‘मायाको पहिचान नेपाल’ का सचिव सुरेन्द्र पाण्डेले विज्ञप्ति जारी गर्दै यो कुनै साधारण घटना नभई सम्पूर्ण समुदायमाथिको ठूलो प्रहार भएको बताएका छन्।

उनका शब्दमा, “अब ‘आत्महत्या’ भन्ने सजिलो शब्दबाट कोही उम्कन पाउने छैन। यो आत्महत्या होइन, योजनाबद्ध हत्या हो। हत्या एउटा शरीरको मात्र होइन, आवाजको, अधिकारको र अस्तित्वको गरिएको हो। हामी थकित छैनौँ, डराएका छैनौँ, क्रोधित छौँ।”

संविधानसभा सदस्य एवं ‘मायाको पहिचान नेपाल’का कार्यकारी निर्देशक सुनिल बाबु पन्तले समुदायकै तर्फबाट भए पनि प्रहरीमा जाहेरी दिनुपर्ने बताएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

समाचार शेयर गर्नुहोस्
959
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.