निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

छात्रवृत्ति कार्यक्रमले दलित बालबालिकामा ल्यायो खुसी

छात्रवृत्ति कार्यक्रमले दलित बालबालिकामा ल्यायो खुसी

234
SHARES
सोमबार खाँडाचक्र-६, माेल्फामा आयोजित स्थानीय सरकार तथा शैक्षिक सराेकारवालाहरुसँगकाे अन्तरक्रिया कार्यक्रम । तस्बिर : सौजन्य/गोरख नेपाली

कालीकाेट – दलित बालबालिकाहरूको शिक्षा सुधारका लागि सञ्चालनमा ल्याइएको नेपाल छात्रवृत्ति कार्यक्रम कालीकाेटमा प्रभावकारी बन्दै गएको छ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ (एनएनडिएसडब्लुओ) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रम कालीकोटका दलित बालबालिकाहरूको शिक्षा तथा सामाजिक रूपान्तरणमा प्रभावकारी बन्दै गएको हो।

सोही क्रममा जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नं. ६ दाहाँ–कलष्टरस्थित मोल्फा बजारमा छात्रवृत्ति प्राप्त दलित बालबालिका तथा युवाहरूको शैक्षिक उपलब्धि, चुनौती तथा भविष्य कार्यदिशामाथि केन्द्रित लबी –पैरवीसमेतको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, कालीकोट शाखाका सचिव अनिल विश्वकर्माको अध्यक्षता र कार्यवाहक वडा अध्यक्ष डिल बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको हो।

५१ जना दलित विद्यार्थीमा रोजगारी

कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार छात्रवृत्ति कार्यक्रममार्फत ५१ जना दलित विद्यार्थीले सरकारी तथा गैर–सरकारी निकायमा रोजगारी पाएका छन्। यसले उनीहरूको पारिवारिक जीवनमा सहजता ल्याएको र समुदायका अन्य बालबालिका तथा अभिभावकलाई पनि शिक्षाप्रति प्रेरित गर्ने उदाहरण बनेको सरोकारवालाहरूले बताएका छन्।

अन्तरक्रियामा दलित बालबालिकाको दैनिक गृहकार्य, कक्षा गतिविधि, विद्यालयमा नियमित उपस्थिति, सिकाइ अनुकूल , कक्षाकोठा वातावरण, प्रभावकारी अध्ययनका लागि घरायसी सुविधा, अभिभावकको शैक्षिक संलग्नता, अतिरिक्त गतिविधिमा सहभागिता जस्ता विषयमा विस्तृत छलफल भएको थियो।

सहभागीहरूले छात्रवृत्ति कार्यक्रमले बालबालिकामा शैक्षिक अनुशासन, आत्मविश्वास र सिकाइप्रतिको लगाव बढाएको बताउँदै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझावहरू समेत दिए।

स्थानीय शिक्षा नीति, छात्रवृत्ति नीति, दलित बालबालिकाको शैक्षिक पहुँच र अवसरका विषयमा गहन बहस गरिएको कार्यक्रममा आगामी दिनहरूमा विद्यार्थीको सर्वाङ्गीण विकास सुनिश्चित गर्ने गरी समन्वय र नीति कार्यान्वयनमा जोड दिनु पर्ने सुझावहरू पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रमले अभिभावकहरूमा शिक्षा प्रतिको चेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षाको महत्वबारे गहिरो समझ दिलाएको संयोजक गोरख नेपालीले जानकारी दिए।

आयोजक संस्थाका अनुसार, यस किसिमका कार्यक्रमहरूले दलित समुदायमा शिक्षाको पहुँच र गुणस्तरमा सुधार ल्याउने सम्भावनालाई उजागर गर्दै स्थानीय तहमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास लिएको छ।

समाचार शेयर गर्नुहोस्
234
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.