निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ बसपार्कमा बोराभित्र भेटिएको शवको पहिचान कठिन

नयाँ बसपार्कमा बोराभित्र भेटिएको शवको पहिचान कठिन

समुदायले शङ्का गरेका तेस्रोलिंगी व्यक्ति जीवितै फेला

294
SHARES

काठमाडौँ – टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान गर्न कठिन भएको छ।

स्तन नभएका व्यक्तिले महिलाले लगाउने ब्रा लगाएको अवस्थामा मृत भेटिनुले शव तेस्रोलिंगी व्यक्तिको जस्तो देखिए पनि नाम–ठेगाना पत्ता लगाउन कठिन भएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अभियन्ताहरूले बताएका छन्।

अनुहार नचिनिने अवस्थामा भेटिएको शवको पहिचान अहिलेसम्म हुन नसकेको समुदाय सुधारका अभियन्ता तथा मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर क्षेत्री (मधु केसी)ले बताए। उनी शनिवार अबेरसम्म शवबारे प्रहरीको सहयोगमा चारैतिर सोधखोजमा खटिएका थिए।

समुदायका केही व्यक्तिले धादिङकी तामाङ थरकी एक तेस्रोलिंगी सदस्य हुन सक्ने अनुमान गरेका थिए। तर, मधुको भनाइअनुसार, “जसलाई अनुमान गरिएको थियो, उ त आफ्नै गाउँमा भएको पत्ता लाग्यो।”

शङ्का गरिएकी व्यक्ति जीवितै फेला परे। उनी २ महिनादेखि समुदायको सम्पर्कमा नभएकाले कतै उही त होइन भन्ने शङ्का गरिएको थियो। तर, उनी होइन रहिछन्।

नयाँ बसपार्कमा फोहोर सफा गर्ने क्रममा भेटिएको शवबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका एसपी पवन भट्टराईले शङ्का गरिएका व्यक्तिको शव नभएको पुष्टि गर्दै भने, “जसको नाम लिइएको थियो, उसको हामीले भेरिफाइ गर्‍यौँ, उ होइन रहेछ।”

शनिवार बिहान लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला परेको थियो। एसपी भट्टराईले शव तेस्रोलिंगी व्यक्तिको हुन सक्ने हल्ला सुनेको बताए। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको र अनुसन्धान जारी रहेको उनले बताए।

शव तेस्रोलिंगी व्यक्तिको भएको भनिए पनि नाम–ठेगाना नखुल्दा कसको हो भन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ। बोरामा प्याक गरी फालिएको शव चार–पाँच दिनपछि मात्रै भेटिएको हो।

नयाँबसपार्कमा बेवारिसे शव फेला, तेस्रोलिंगी समुदायले गर्‍यो निष्पक्ष छानबिनको माग

समाचार शेयर गर्नुहोस्
294
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.