निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दुबईमा नेपाली रक्तदाता सङ्घको खुल्ला रक्तदान

दुबईमा नेपाली रक्तदाता सङ्घको खुल्ला रक्तदान

492
SHARES

युएई – अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घको भगिनी संस्था नेपाली रक्तदाता सङ्घ युएईको समन्वय तथा प्रवास नेपाली सम्पर्क विभागको मुख्य आयोजना एवं देबदह सेवा समाज युएईको सहयोगमा नोभेम्बर २३ मा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। यस कार्यक्रमलाई एभरेस्ट रेस्टुरेन्टले आर्थिक सहयोग गरेको थियो।

रक्तदान कार्यक्रम विगतका भन्दा अझ भव्यताका साथ यो चौथो पटक सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घका कोषाध्यक्ष तथा नेपाली रक्तदाता सङ्घ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए। यस कार्यक्रममा उपस्थित भएका यस प्रकारको समाजसेवी कामलाई निरन्तरता दिनु पर्ने भन्दै उत्साह प्रकट गरेका थिए।

उक्त कुरालाई आत्मसाथ गर्दै हरेक वर्षको तिन पटक रक्तदान कार्यक्रम निरन्तर आयोजना गर्ने गरिएको श्रेष्ठले बताए।

विभिन्न पेसामा कार्यरत नेपाली समुदायका व्यक्तिहरू, नेपाली रक्तदाता सङ्घ युएईका सदस्यहरू, व्यवसायी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूका साथै नेपाली राजदूतावास आबुधाबीका प्रतिनिधि हरेराम अर्याल एवं वाणिज्य दूतावास दुबईका उप–महावाणिज्यदूत कृष्ण चापागाईँको समेत उपस्थित रहेको कार्यक्रममा ११० जनाले रक्तदान गरेको प्रवास नेपाली सम्पर्क विभागका अध्यक्ष सुजन थापाले बताए।

सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई ‘रक्तदान जीवन दान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै स्वस्थ रगत सङ्कलन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भव्य र सभ्य तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक जगन अधिकारीले बताए।

समाचार शेयर गर्नुहोस्
492
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.