निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समानुपातिक चुनावका लागि समावेशी समाजवादी पार्टी दर्ता

समानुपातिक चुनावका लागि समावेशी समाजवादी पार्टी दर्ता

355
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीले फागुन २१ को प्रतिनिधिसभा चुनावको समानुपातिक निर्वाचन प्रणालीका लागि दल दर्ता गरेको छ। महिला, अपाङ्गता भएका व्यक्तिहरू र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्दै समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएको हो।

निर्वाचन आयोगले मङ्सिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि दल दर्ता गर्न समय दिएको थियो। समावेशी समाजवादी पार्टीले पहिलो दिनमै निर्वाचनमा भाग लिन निवेदन दिएको हो।

यसअघि, मङ्सिर १४ गते पार्टीले प्रत्यक्षतर्फको निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएको थियो। समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ मा भाग लिनका लागि पार्टीले निर्वाचन आयोगमा निवेदन दाखिला गरेको हो।

तेस्रोलिंगी अधिकारकर्मी पार्टीकी अध्यक्ष नुमा लिम्बु चञ्चलाले प्रतिनिधिमूलक लोकतन्त्रको सट्टा अब सहभागितामूलक लोकतन्त्रको अभियान सुरु भएको बताइन्। उनले चुनावमा उत्साहका साथ सहभागी हुँदै श्रीवत्स चुनाव चिन्हमा मतदान गर्न सबैलाई आव्हान गरिन्।

उनले भनिन्, “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय अब एकबद्ध भएर चुनावमा होमिएको छ। पुरुष र महिलाको नेतृत्व हेरिसकेका मतदातालाई अब हाम्रो नेतृत्व रोज्न अनुरोध गर्दछु।”

सिङ्गो कार्यसमिति भ्रष्टाचार अन्त्यलाई मूल मुद्दा बनाएर व्यापक प्रचार–प्रसारमा उत्रिएको उनले बताइन। पार्टीले मानिस र प्रकृति दुवैलाई सम्मान गर्ने मूल्यलाई आफ्नो मूल नीति बनाएको छ।

सम्बन्धित समाचार :

जेनजी आन्दोलनपछि ‘श्रीवत्स’ उठाउँदै नयाँ दलको प्रवेश

छायाबाट केन्द्रतिर : सीमान्तकृत समुदायको संयुक्त उदय

इतिहास रच्दै लैङ्गिक-यौनिक अल्पसङ्ख्यक, पहिलोपटक दल दर्ता गर्दै चुनावमा

समाचार शेयर गर्नुहोस्
355
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.