कृत्रिम रूपमा शेयर मूल्य बढाउने अग्रवाल पक्राउ

कृत्रिम रूपमा शेयर मूल्य बढाउने अग्रवाल पक्राउ

307
SHARES

काठमाडौँ – “धितोपत्र सम्बन्धी ऐन, २०६३” अन्तर्गतको कसुरमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ।

बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने तथा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको देखिएको छ। यस क्रममा उनले करिब ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ ९० पैसा कानुन विपरीत नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी अग्रवालले अन्य टीएमएस प्रयोगकर्ता प्रयोग गरी आपसी खरिद–विक्री गरेको, आफन्त तथा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

उक्त कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ (क) र (ख) तथा दफा ९५ बमोजिम झुटो कारोबार र मूल्य प्रभावित गर्ने कसुर ठहर भएको प्रारम्भिक जाँचबुझ प्रतिवेदनमा उल्लेख छ।

सोही प्रतिवेदनको आधारमा जिल्ला मोरङ साबिक विराटनगर उपमहानगरपालिका वडा नम्बर ९ निवासी, ४२ वर्षीय अग्रवाललाई शुक्रवार काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति प्राप्त भई काठमाडौँ महानगरपालिका वडा नम्बर ४, चुनदेवीबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ। सिआइबीका अनुसार अग्रवालमाथि हाल थप अनुसन्धान कार्य भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
307
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.